प्युठान । प्युठानको मल्लरानी गाउँपालिका-३, चौरपानीमा क्रिकेट प्रतियोगिता सुरु भएको छ । बिहिवारबाट संचालन भएको जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले पानसमा दिपप्रजोलन गरि उद्घाटन गर्नुभएको हो ।
युथ स्टार क्लब मल्लरानी- ३, चौरपानी प्युठानको आयोजनामा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु गरिएको आयोजक क्लबले जनाएको छ। जिल्लाभरबाट १८ वटा क्रिकेट टीमको सहभागीता रहेको युथ स्टार क्लबका अध्यक्ष रन्जन पौडेलले जानकारी दिनुभयो । विहिवारबाट सुरु भएको खेल ३ दिन सम्म चल्ने अध्यक्ष पौडेलले बताउनुभयो। खेल नकाउट सिस्टमबाट खेलाइने उहाको भनाइ छ ।
क्रिकेट खेलको उद्घाटन गर्दै मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले क्रिकेट खेलप्रति स्थानीय युवाहरुको रुची बढेको भन्दै पालिकाले थप सहयोग गर्दै लैजाने बताउनुभयो । उहाले आगामी दिनमा जिल्लामा खेलाडीहरुलाई क्रिकेट खेल प्रति आक्रषण बनाउन लगानीका दायर बढाउनुपर्ने बताउनुभयो। अध्यक्ष खड्काले खेलकुदको विकासका लागि राज्यले ध्यान दिनुपर्ने बताउनुभयो। खेलाडी राष्ट्रको गहना भएको भन्दै अध्यक्ष खड्काले खेलाडीलाई खेल प्र्ति रुचि बढाउन आगामी वर्षदेखि आफुले नयाँ कार्यक्रम ल्याउन पहल थाल्ने बताउनुभयो ।
राष्ट्रकाे लागि खेलकुद, स्वास्थकाे लागि खेलकुद भन्ने मुल नाराका साथ सुरु भएको क्रिकेट प्रतियोगिता प्रथम र दोश्रो हुने खेलाडी टिमलाई क्रमश रु ४० हजार, मेडल र प्रमाणपत्र रु २० हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने खेल आयोजकले जनाएको छ ।
यस्ता खाले कार्यक्रमले स्थानीय खेलाडीको हौसला बढाउन सहयोग पुग्ने भएको खेलाडीले बताए । खेल खेल्न पाउँदा आफुहरु हौसिएको एक खेलाडीले बताए । आगामी दिनमा पनि खेलकुद कार्यक्रमलाई निरन्तरता दिनपर्ने खेलाडीले माग गरेका छन् ।
युथ स्टार क्लब मल्लरानी- ३ चौरपानी प्युठानका अध्यक्ष रन्जन पौडेलको अध्यक्षमा भएको कार्यक्रम मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा उपाध्यक्ष रमेश श्रेष्ठ, वडा नम्बर ३ का वडा अध्यक्ष नोमराज पौडेल, जनप्रतिनिधि स्थानीय बासी खेलाडीको उपस्तिथि रहेको थियो ।