प्युठान,११ मंसिर।
ऐरावती गाउँपालिका-६ बिजुली स्थित जनता माध्यमिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।वित्तिय साक्षरता कार्यक्रम अन्तरगत नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ऐरावती शाखाद्धारा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
जनता माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्यानरत विद्यार्थीहरुलाई बैंकले वित्तिय साक्षरता प्रदान गरेको बैंकका शाखा प्रबन्धक श्रीधर पोख्रेलले बताउनुभयो ।सो अवसरमा बोल्दै उहाले वित्तिय साक्षरता कार्यक्रम गरिएको र यसका अलवा अन्य समयमा पनि बैंकले साक्षरता कार्यक्रम, सामाजिक सेवाका कार्यक्रम गर्दै आएको बताउनुभयो । वित्तिय सचेतना सम्बन्धि राम्रो ज्ञान प्राप्त गर्न सके आर्थिक क्रियाकलाप र व्यवस्थापनमा सहज हुने उहाले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक खडानन्द पौडेलले वित्तिय कार्यक्रमले विद्यार्थीहरुमा ब्यावहारीक शिक्षा प्रदान गर्ने भन्दै बैंकलाई धन्यवाद दिनुभयको थियो । साथै निकट भबिस्यमा अन्य स्थानमा पनि वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम गरिने शाखा प्रबन्धक पोख्रेलले बताउनुभयो ।