प्युठान,३० मंसिर
ऐरावती गाउँपालिका वडा नं ६ को आफ्नै प्रशासनीक भवन निर्माण भएको छ । शुक्रबार एक कार्यक्रमका बीच भवनको उद्घाटन गरिएको छ ।
वडा अध्यक्ष भरत बहादुर खड्का क्षेत्रीको अध्यक्षता तथा ऐरावती गाउँपालिकाका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा जग्गादाता मान बहादुर थापा, विकास थापा, ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा, ऐरावती गाउँपालिका वडा नं १ का वडा अध्यक्ष अमर बहादुर रेस्मीमगर, राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि, जनप्रपतिनीधि, कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।
भवन निर्माणका लागि स्थानीय पदम बहादुर थापा र मान बहादुर थापाले ५ रोपनी जग्गा निशुल्क उपलब्ध गराउनुभएको थियो ।
पुष्पाञ्जली निर्माण सेवाले २०७९।२।२६ गते निर्माणका लागि सम्झौता गरी २०८० असारमा निर्माण सम्पन्न गरेको हो । भवनमा १ तालिम हल सहित ६ वटा कोठा रहेका छन् । ६७ लाख २१ हजार रुपियाँ लागतमा भवन निर्माण भएको हो ।
सामुदायिक भवनबाट संचालन हुदै आएको वडा कार्यालयको कामकाज शुक्रबार देखी आफ्नै प्रशासनिक भवनबाट सुरु भएको वडा सचिव प्रकाश वि.क.ले बताउनुभयो । नयाँ भवनमा कोठाको अभाव नभएकोले सेवा सहज रुपमा दिन सकिने उहाँको भनाई छ ।


