प्युठान ,५ पुष ।प्युठानमा जिप दुर्घटना हुदा एक जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । बिहिबार स्वर्गद्वारी नगरपालिकाको सारी देखि डाँडागाउ जाने क्रममा स्वर्गद्वारी नगरपालिका ५ आमडाँडामा डबल क्याप जिप अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब २० मिटर खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हुमानन्द खानालने जानकारी दिनुभयो ।
मृत्यू हुनेमा स्वर्गद्वारी नगरपालिका ५ डाँडागाउका ६८ बर्षीय झमी घर्ति मगर रहेको प्रहरी निरीक्षक खनालले बताउनुभयो । घाइते ५ जनाको भिंग्री स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइते मध्ये रोल्पा शुनिलस्मृती गाउँपालिकाका २४ बर्षीय टोपबहादुर रोका मगर गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।