प्युठान,९ पुष ।
सरुमारानी गाउँपालिकाको बड्डाडा नजिकै ठुलो घुम्तीमा भएको फोर्स गाडि दुर्घटनामा १५ जना घाईते भएका छन् । बाग्दुलाबाट भालुबाङ तर्फ जाँदै गरेको लु २ ख ३०९३ नम्बरको फोर्स गाडि सरुमारानी गाउँपालिका ४ बड्डाँडाको ठूलो घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा घाईते भएका १५ जनामध्ये ८ जनालाई थप उपचारका लागी बुटवल र नेपालगञ्ज रिफर गरिएको छ ।
दुर्घटनामा घाईते हुनेहरुमा कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका १ का ३५ बर्षका बल बहादुर सुनार, उहाकी श्रीमती बर्ष ३४ की संगिता सुनार, सोहि ठाउँकै ३छ बर्षिय युनिका सुनार, शिवराज नगरपालिका १ कै बर्ष ५८ का अने सुनार, उनका छोरा बर्ष २६ का दुर्गा बहादुर सुनार, सोहि ठाउँका १४ बर्षिय निम बहादुर सुनार तथा १६ बर्षका हुकुम बहादुर सुनार घाईते भएका हुन । यस्तै शिवराज नगरपालिका १ की २० बर्षकी सावित्रा सुनार, राप्ती गाउँपालिका २ लालमटिया बस्ने ३५ बर्षकी जानकी आचार्य, कपिलबस्तुनकी ६७ बर्षका यमलाल जोशी, रुपन्देहीको गैडीहवा २ का ४६ बर्षिय बिष्णुमाया गिरी, प्यूठान नगरपालिका ९ का बर्ष १९ की शृष्टि आले तथा बाणगंगा नगरपालिका ८ का झक्कु प्रसाद उपाध्याय, कपिलबस्तु ९ का ५८ बर्षिय निम प्रसाद खनाल र घोराही उपमहानगरपालिका ४ का ८० बर्षिय भुविराम उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी तथा प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिनुभयो ।
दुर्घटनामा घाईते भएका मध्ये ८ जनालाइ रिफर गरिएको छ । रिफर हुनेमा कपिलबस्तुको शिवराज नगरपालिका १ का अने सुनार, उनका छोरा दुर्गा बहादुर सुनार, निम बहादुर सुनार, सावित्रा सुनारलाई नेपालगज रिफर गरिएको छ । यस्तै यमलाल जोशी, शृष्टि आले, झक्कु प्रसाद उपाध्याय र निम प्रसाद खनाललाई बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ । गाडि सडक देखि ५० मिटर तल खसेको थियो ।