प्युठान,१३ पुष ।
नोैबहिनि गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको। नोैबहिनि गाउँपालीकाको आयोजनामा खेलमैदान बाहानेमा शुक्रवारबाट प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन गाउँपालीका अध्यक्ष डिल बहादुर थापाले पानसमा बत्ति बालेर गर्नु भएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष थापाले गाउँपालिकामा ब्यवस्थित खेलमैदान निर्माण गर्ने र खेल गतिबिधि नियमित सञ्चालन गर्ने बताउनुभयो ।
गाउँपालिका भित्रका बिद्यालय स्तरका खेलाडिको प्रतिभा उजागर गर्ने तथा खेलाडि उत्पादनमा गाउँपालिका लागि परेको बताउनुभयो ।
त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष बिष्णा थापाले खेलाडिमा खेल भावना र अनुसाशन आबश्यक हुनुपर्ने बताउनु भयो । गाउँपालिका स्तरिय राष्ट्रपति खेलकुद प्रतियोगिताले गाउँपालिकाबाट खेलाडि उत्पादनमा जोड दिएको बताउनुभयो । गाउँगाउँ र बिद्यालयबाट खेलाडिको छनोट गर्ने र खेलाडिको बिकासमा गाउँपालिकाले आवश्यक समन्वय तथा सहकार्य गरेको बताउनुभयो ।

साथै गाउँपालिकामा प्रथम अध्यक्ष कप, राष्ट्रपति रनिङशिल्ड लगायतका कार्यक्रम सञ्चालन गरेको थापाले बताउनुभयो ।
प्रतियोगितामा छात्र,छात्राका लागि २४ विधाका खेलको आयोजना गरिएको नोैबहिनि गाउँपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख मेघराज बोहोराले जानकारी दिनुभयो ।
प्रतियोगितामा नौबहिनि गाउँपालिका भित्रका माध्यमिक विद्यालयका १० वटा विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको उहाँले बताउनुभयो ।१३ गतेबाट सुरु भएको खेलकुद प्रतियोगिता १५ गते सम्म संचालन हुनेछ ।


