प्युठान,१६ पुष ।
ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई पुरस्कारको ब्यवस्था गर्ने भएको छ । गाउँपालिकाको १४ औं गाउँशभाले बालविवाह न्यूनिकरणका लागी बालविवाह भएको वा हुने जानकारी दिनेलाई २५ हजार रुपैया नगद पुरस्कार दिने निर्णय गरेको हो ।
सोमबार भएको गाउँशभाबाट बालविवाह रोकथाम गर्न र त्यसको न्यूनिकरणका लागी बिशेष कार्यक्रम सहित अघि बढ्नेगरी कार्यक्रम तय गरिएको गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले जानकारी दिनुभयो । गाउँपालिकामा बालविवाह गर्नेको संख्या अत्याधिक देखिएपछि त्यसको रोकथाममा लागी बालविवाह गर्नेको सुचना दिनेलाई पुरस्कारको ब्यवस्था गरिएको शाहले बताउनु भयो ।
‘बालविवाह भएको, हुदै गरेको वा हुने जानकारी गाउँपालिका, प्रहरी कार्यालय वा जनप्रतिनिधिलाई गराउनेलाई २५ हजार पुरस्कार दिईने छ,’ अध्यक्ष शाहले भन्नुभयो,‘ यसले बालविवाह न्यूनिकरणमा सहयोग गर्ने देखिन्छ । बालविवाह सम्वन्धी सुचना दिनेको नाम गोप्पे राखिने अध्यक्ष शाहले बताउनु भयो ।