प्युठान,१८ पुष। प्युठानमा नोकरीको शिलशिलामा भारत हिडेका एक जना ब्यक्तिको बाटोमै मृत्यु भएको छ।
बुधबार जिल्लाको चेरनेटाबाट दाङको भालुवाङ जाँदै गरेको लु १ ख ६१५३ नम्बरको बसमा यात्रामा रहेका ऐरावती गाउँपालिका-५ सराङ्गबेसी ४८ बर्षिय नारायण खत्रीको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिनुभयो ।
बसमा यात्रा गरिरहेका खत्री बड्डाडा नजिक पुगेपछि एक्कासी बेहोस भएपछि गाडी स्टाफले प्रहरीमा जानकारी दिएका थिए । जानकारी पाए लगत्तै बेहोस भएका खत्रीलाई एम्बुलेन्स मार्फत उपचारको लागि प्युठान जिल्ला अस्पताल बिजुवार लगिएको प्रहरीले जनाएको छ।
अस्पतालमा खत्रीको चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेका थिए। खत्रीको प्रेसरका कारण मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। उहाँ नोकरीको शिलसिलामा आफन्तसँगै भारत जानको लागि घरबाट हिडेको बताइएको छ।