प्युठान,२३ पुष ।
लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा)ले प्यूठान जिल्लामा यातायात सेवा कार्यालय स्थापना गर्ने बताउनुभएको छ ।सोमबार स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा लिको नेपाल भारत मैत्री बस सेवा सञ्चालनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले यस्तो बताउनुभएको हो ।
जिल्लामा यातायात कार्यालय नभएको कारण सेवा प्रभावमा समस्या तथा गुनासो आएको बताउनुभयो । जिल्लावासिलाई सेवा लिन बाहिरी जिल्ला धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै समस्या समाधान गर्नका लागि आफ्नै कार्यकालमा यातायात कार्यालय खुलाउने थापाको भनाई छ ।
आफ्नो मन्त्रालय विकाससँग प्रत्यक्ष जोडिएको नभएपनि आफूले जिल्लाको विकासका लागि तत्पर लागि पर्ने बताउनुभयो । यातायात ब्यवसायिले यात्रुबाट जथाभावी भाडा असुल्दा यात्रु मारमा पर्नै भएकाले सरकारले तोकेको भाडादर र रुटमा निश्चित भाडादर मात्र लिन यातायात व्यवसायीलाई उहाँले अनुरोध गर्नुभयो ।
साथै यात्रुहरुलाई अनावश्यक दुख दिने खालको कुनै पनि कार्य नगर्न र नगराउन मन्त्री थापाले यातायात व्यवसायीलाई गर्नुभयो ।