प्युठान,२४ पुष ।
माण्डवी गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा मंगबारदेखि दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो । माण्डवी गाउँपालिकाका वडा नंम्बर ३ मार्सिबाङमा रहेको खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा)ले गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री थापाले सरकारले खेलकुदमा लगानी बढाउनुपर्ने बताउनुभयो । पछिल्लो समय खेलकुद प्रती आकर्षण बढ्दै गएपनि खेलमैदान तथा प्रर्याप्त भौतिक संरचनाको अभावका कारण खेलमा सोचे जस्तो प्रगति हुन नसकेको बताउदै खेलकुद क्षेत्रको बिकासमा सबैले जोड दिनुपर्ने बताउनुभयो । साथै जिल्लामा खेलकुदको विकास गर्न आफु लागि पर्ने थापाको भनाई छ ।
त्यस्तै कार्यक्रममा लुम्बीनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसी, जिल्ला समन्वय उपप्रमुख दुर्गा रेग्मीले कार्यक्रमको सफलताको शुभकामना दिदै खेल मानव जिवनमा अति आवश्यक रहेको बताउनुभयो । साथै खेलाडिहरुको आत्मबल बढाउदै तीनै तहका सरकारले खेल र खेलाडिको क्षमता अभिवृद्वि गर्न पहल गर्नुपर्ने बताउनुभयो । प्रतियोगितामा छात्र,छात्राका लागि भलिबल,कपर्दी तथा एथ्लेटिक्स अन्तर्गका खेल विधाको आयोजना गरिएको गाउँपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख तुल्सि कार्किले जानकारी दिनुभयो । प्रतियोगितामा माण्डवी गाउँपालिकाभित्रका आधारभुत तथा माध्यमिक विद्यालय गरी ११ वटा सहभागीता रहेको उहाँले बताउनुभयो । पुष २४ गते बाट सुरु भएको खेलकुद प्रतियोगिता २६ गते सम्म संचालन हुने छ ।
माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी रोसनको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा लुम्बीनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाको प्रमुख तथा लुम्बीनी प्रदेश आयोजना आयोगका उपाध्यक्ष नहकुल केसी,जिल्ला समन्वय उपप्रमुख दुर्गा रेग्मीको विशिष्ट आतथ्यिता रहेको थियो । गाउँपालिकाका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीको स्वागत मन्तब्य रहेको कार्यक्रको संञ्चालन गाउँपालिकाका कृषि शाखा प्रमुख सनत केसीले गर्नुभएको थियो ।



