प्युठान,२६ पुष ।
रुसी सेनामा भर्ती भएका प्यूठानका एक युवकको मृत्यू भएको छ । रुस युक्रेनको युद्धमा परेर प्यूठान नगरपालिका ४ काठेवरका सोनु सुनारको मृत्यू भएको हो । आज प्यूठान नगरपालिकाका उपप्रमुख देबेन्द्र बर्माले सुनारको रुस युक्रेन युद्धमा परी मृत्यु भएको जानकारी दिनुभयो ।
रोजगारीको शिलसिलामा कतार पुगेका सुनार उतैबाट रुस गएर त्यहाँको सेनामा भर्ति भएका थिए । दुई साताअघीनै सुनारको युद्धमा परी मृत्यु भएको र हिजोमात्रै सुनारको मृत्यु भएको खबर पाएको स्थानिय खगेश्वर थापाले बताउनुभयो । उहासंगै घाईते भएका अन्य एक नेपाली युवाले सुनारको मृत्यु भएको खवर परिवारलाई गराएको थापाको भनाई छ ।