प्युठान,९ साउन। प्युठानको स्वर्गद्वारी नगरपालिका– ४ भिङ्ग्री बजारमा सवारी चालकको प्राथमिक स्वास्थ्य परीक्षण गरिएको छ ।
ट्राफिक प्रहरी कार्यालय देविस्थानले इलाका प्रहरी कार्यालय भिङ्ग्री, प्राथमिक स्वास्थ्य केन्द्र र भिङ्ग्री आँखा अस्पतालको सहकार्यमा मंगलवार सवारी चालकहरुको प्राथमिक स्वास्थ्य परीक्षण गरिएकोे हो ।
स्वास्थ्य जाँच कार्यक्रममा ३० वटा साना तथा ठूला सवारी साधनका चालकहरुको स्वास्थ्य परीक्षण गरिएको
जिल्ला ट्राफिक कार्यालय देबिस्थानका प्रहरी नायव निरिक्षक चन्द्र बहादुर के सी ले जानकारी दिनुभयो । सवारी चालकको स्वास्थ्य अवस्था सामान्य नहुँदा दुर्घटनाको जोखिम हुने भएकोले यस्तो किसिमको कार्यक्रम आयोजना गरेको उहाले बताउनुभयो ।उहाँले भन्नुभयो, ‘दुर्घटना न्यूनीकरणका लागि सवारी चालक स्वस्थ हुन पनि आवश्यक हुन्छ । विशेष गरी चालक तनावमा हुनु हुँदैन । उहाहरुको स्वास्थ्य जाँच गरेका हौँ ।’

३० जनाको स्वास्थ्य परीक्षणमा ५ जनामा उमेर अनुसारको दृष्टिशक्ति कमजोर , ३ जना चालकमा कलर भिजनमा समस्या देखिएको र अन्यको अवस्था सामान्य रहेको स्वास्थ्य परीक्षणमा सहभागी नेत्र सहायक चन्दना गुरूङले जानकारी दिनुभयो । यसै गरी ५ जना चालकमा उच्च रक्तचाप र १ जनामा न्यून रक्तचाप भएको अहेव कमला केसीले बताउनुभयो ।
सवारी चाप बढ्दै गएको चकचके -भिङ्री- रोल्पा सडकखण्डमा सवारी दुर्घटना न्यूनीकरण गर्ने र जनचेतना फैलाएर सवारी चालक व्यवस्थापनमा सचेतना ल्याउनको लागि पनि विषेश गरेर वडाले यस्तो कार्यक्रमको आयोजना गरेको वडा अध्यक्ष सुवर्ण कुमार श्रेष्ठले बताउनुभयो।