• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

डिजिटल सुशासन सबल पार्न डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच सहकार्य

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० माघ ५ गते, शुक्रबार १४:१८
मुख्य समाचार, स्थानीय तह
0
डिजिटल सुशासन सबल पार्न डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच सहकार्य
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ४ माघ ।
स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच साझेदारी हुने भएको छ । यी दुई स्टार्टअपबीचको सहकार्यका लागि विहीबार कम्पनी प्रमुखहरूले सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै सम्बन्धित पालिकामा भएका ऐतिहासिक, पर्यटकीय र अन्य महत्वपूर्ण स्थानहरू, तिनको दूरी, अवस्थिति लगायत अन्य अत्यावश्यक जानकारीसहित ई-पालिका एपमा उपलब्ध हुनेछन् ।

निन्जा इन्फोसिसले निर्माण गरेको ई-पालिका एपमा गल्ली म्पाप्सले निर्माण गरेको वेब नक्सा सेवा थप गरिएको हो । यसका लागि निन्जा इन्फोसिसका प्रमुख कार्यकारी निर्देशक रमेश क्षेत्री र गल्ली म्याप्सका प्रमुख कार्यकारी अधिकृत एवं सह-संस्थापक राज विक्रम महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । ई-पालिका एपमा गल्ली म्याप्स समावेश भएसँगै अब पालिकाबासीहरूले उल्लेख्य भौतिक संरचना, कृषि क्षेत्रहरूसमेत सो स्थानका अन्य विवरण सजिलै थाहा पाउने व्यवस्था गरिएको छ ।

‘पालिकाभित्र भएका सार्वजनिक क्षेत्र, भौतिक संरचना र पर्यटकीय क्षेत्रहरूलाई गल्ली म्यापमार्फत हामीले पहिचान दिन खोजेका हौं, पालिकाभित्र कहाँ छ के छ, कुन बाटो हुँदै त्यहाँ पुग्ने भन्ने खालका जानकारी डिजिटल ई-पालिका एपबाट थाहा पाउन सकिन्छ,’ ई-पालिकाका क्षेत्रीले भन्नुभयो, ‘यो हरेक पालिकाले उपयोग गर्नुपर्ने एप हो र यसबाट पालिकाहरूले आफ्नो क्षेत्रलाई पहिचान दिन र चिनाउन सक्छन् ।’ नेपाली कम्पनीले नेपाली भाषामै स्पष्ट बुझिनेगरी बनाएको सो एप्लिकेसनलाई सम्बन्धित पालिकाको सहयोगीको भूमिका निर्वाह गर्नेगरी तयार पारिएको उहाले बताउनुभयो । सामान्य लेखपढ गर्न सक्ने व्यक्तिले पनि यो एप सजिलै र नि:शुल्क प्रयोग गर्ने गरी उपलब्ध रहेको निन्जा इन्फोसिसले जानकारी दिएको छ ।

त्यस्तै, गल्ली म्याप्सका सीईओ महर्जनले नेपालमा डिजिटल प्लाटफर्ममा इन्नोभेटिभ सोच र आत्मनिर्भरता बढाउने दुई स्टार्टअप कम्पनीबीचको साझेदारीमा खुशी व्यक्त गर्नुभयो । ‘नागरिकका रूपमा धेरैलाई आफ्नो पालिकाले दिने सेवा र त्यसका प्रक्रियाबारे जानकारी हुँदैन, त्यस्तो सेवा डिजिटल रूपमै प्रदान गर्न मिल्ने प्लाटफर्म अत्यावश्यक रहेको सोचेर हामीले साझेदारी गरेका हौं,’ उहाले भन्नुभयो, ‘गुगल म्यापमा सहजै उपलब्ध नहुने हाम्रा सांस्कृतिक सम्पदा, स्थानीय निकायका कार्यालय, सार्वजनिक संरचनासमेत गल्ली-गल्लीको जानकारी दिएर प्रयोगकर्तालाई सजिलो बनाउन सकियोस् भनेर गल्ली म्याप शुरु गरिएको थियो । दुई कम्पनीको उदेश्य सार्वजनिक सेवाको स्थानीयकरणमा मिल्न गएकोले सहकार्य सम्भव भयो ।’

नेपालमा स्टार्टअपहरूबीच कमै मात्र सहकार्य हुने गरेकोमा गल्ली म्याप्स र डिजिटल ई-पालिकाको साझेदारी उदहारणीय भएको कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) का महासचिव चिरञ्जिवि अधिकारीको बुझाइ छ । साझेदारीबारे जानकारी दिन आयोजित कार्यक्रममा उपस्थित अधिकारीले स्टार्टअपहरूबीचको सहकार्यले प्लाटफर्म र रिसोर्स सेयरिङ सम्भव हुने र त्यसले लागत कटौतीमा सघाउने बताउनुभयो । ‘नेपालमा स्टार्टअपको संस्कृति, यस्ता कम्पनीको गतिविधि र आइडिया शेयरिङ गर्न यस्ता सहकार्य महत्वपूर्ण हुन्छन्,’ उहाले भन्नुभयो, ‘रिसोर्सहरूको दोहोरोपन रोक्न शेयरिङ गर्ने माहोल बनाउँदा हाम्रो स्टार्टअप ईकोसिस्टम अझै स्वस्थ र परिष्कृत हुँदै जान्छ भन्ने क्यान महासंघको बुझाइ छ ।’

डिजिटल ई-पालिका
नेपालमा २०७४ सालदेखि डिजिटल ई-पालिका शुरू भएको थियो । सरकारको डिजिटल नेपाल अभियानलाई अझै सबल बनाउने उद्देश्यले निर्मित सो ई-पालिकाले सबै पालिकाहरूलाई पुर्ण रूपमा डिजिटल सेवा प्रवाह गर्न सघाउने आफ्नो विश्वास रहेको पनि क्षेत्रीको धारणा छ ।
स्थानीय निकाय, कर्मचारी, प्रतिनिधि र जनतासमेतलाई प्रविधिमैत्री बनाउनु पर्ने आजको आवश्यकतालाई पूरा गर्नु पर्ने सबैको जिम्मेवारी हो । यहिँ जिम्मेवारीलाई बहन गर्दै निन्जा इन्फोसिसले सबै पालिकालाई डिजिटल बनाउन एकिकृत मोबाइल एपसहितको प्रणाली सुरु गरिसकेको छ ।
यस अभियानले पालिकालाई पूर्ण प्रविधिमैत्री बनाउन डिजिटल नागरिक वडापत्र, दर्ता चलानी प्रणाली, कार्य व्यवस्थापन प्रणाली, गुनासो व्यवस्थापन प्रणाली जस्ता कार्यहरुलाई दैनिक डिजिटलमाध्यमबाट कार्यसम्पादन गर्न सहयोग गर्छ ।


‘डिजिटल पालिका’अभियानअन्तर्गत हामीले पालिकाका हरेक गतिविधि जनताको हात हातमा पु¥याउन अथवा सिंहदरबार घर–घरमा पुगेको अनुभुति जनतालाई दिलाउन पालिकाका बैठक व्यवस्थापन प्रणाली, घर/नक्सा पास प्रमाणीकरण, व्यवसाय दर्ता तथा नविकरण प्रणाली, सिफरिस प्रणाली, योजना व्यवस्थापन प्रणालीलगायतलाई पारदर्शी तरिकाले सक्षम बनाउन सक्नेछौं ।


यसका अलवा ‘डिजिटल पालिका’को माध्यमबाट राजस्व संकलन प्रणाली, अनुदान व्यवस्थापन प्रणाली, न्यायिक समिति प्रणाली, तालिम व्यवस्थापन प्रणाली, अपांगता तथा ज्येष्ठ नागरिक परिचयपत्रलगातयका कामहरुलाई पनि प्रविधिमैत्री बनाउँदै पालिका र जनतालाई सिधैं जोड्ने काम गर्न सकिन्छ । उक्त प्रणालीबाट प्रवाह हुने सेवाहरू पनि डिजिटल रूपमै कार्यसम्पादन हुनसक्ने व्यवस्था मिलाएको उहाले बताउनुभयो।

गल्ली म्याप्स
यो नेपालको स्थानीय मोबाइल म्याप एप हो । गुगल वा एप्पल म्यापहरूमा नदेखिने साँघुरा गल्लीदेखि कतिपय वडाहरूका सम्पूर्ण घर नम्बर यसमा म्यापिङ गरिएको छ । विशेषगरी अनलाइन डेलिभरी तथा राइड शेयरिङ सेवामा यो एप बढी प्रभावकारी हुने गल्ली म्याप्सका महर्जन बताउँछन् । विदेशी कम्पनीले बनाएको म्यापमाथिको निर्भरता हटाउनुका साथै नेपाली कम्पनीहरूले विदेशी म्याप एप प्रयोग गरेबापत विदेशिने ठूलो रकम जोगाउने उदेश्यले यो एप विकास गरिएको उहाको भनाइ छ । सन् २०२० मा शुरु भएको यो स्टार्टअपले २०२२ मा आईसीटी अवार्ड जितेको थियो । गल्ली म्याप्समा नेपालभरीकै नक्सा समावेश भएको छ । तथापी, हाल काठमाडौं र ललितपुर महानगरपालिकासँगै कीतिपूर, चाँगुनारायण, कागेश्वरी र बनेपा नगरपालिकाको भने हाउस नम्बरसमेत उपलब्ध छ । एपबाट प्रयोगकर्ताले आफ्नो घर नम्बर पिन गरेर अरूलाई लोकेसन लिंक शेयर गर्न सक्छन् । रिङ्ग रोडभित्रका धेरै ठाउँहरू ३६० डिग्रीमा पनि हेर्न सकिन्छ।

Previous Post

साहित्य परिषद् प्युठानद्धारा ६ जना स्रष्टालाई सम्मान

Next Post

ऐरावती गाउँपालिकामा “नागरिक सुनुवाई कार्यक्रम”

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
ऐरावती गाउँपालिकामा “नागरिक सुनुवाई कार्यक्रम”

ऐरावती गाउँपालिकामा “नागरिक सुनुवाई कार्यक्रम”

प्यूठानमा नबजात शिशु जिवित फेला

प्यूठानमा नबजात शिशु जिवित फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..