प्युठान,३ माघ ।
साहित्य परिषद् प्युठानले ६ जना साहित्यक स्रष्टालाई सम्मान गरेको छ । परिषद्को २९ औं स्थापना दिवसको अवसरमा जिल्लाका ६ जना स्रष्टालाई बुधबार सम्मान गरेको हो । बाल साहित्यकार बिजयराज आचार्य र साहित्यकार एवं लेखक शशिधर भण्डारीलाई भुपेन्द्र स्मृति पुरस्कार,साहित्यकार सिता बिकलाई मिना साहित्य पुरस्कार प्रदान गरेको साहित्य परिषद् प्युठानले जनाएको छ ।
त्यस्तै सुशील पोख्रेललाई ठगीदेवी साहित्य पत्रकारिता पुरस्कार, साहित्यकार रामप्रसाद पोख्रेललाई कप्तान नरमिला स्मृति पुरस्कार र साहित्यकार लोकेन्द्र जिसीलाइ नवप्रतिभा पुरस्कार प्रदान गरिएको छ । जिल्ला तथा नेपाली भाषा साहित्यको क्षेत्रमामा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको साहित्य परिषद प्युठानका कार्यबाहक अध्यक्ष विमला खनालले बताउनुभयो ।
परिषद्को पुष ६ गते बसेको स्रष्टा छनोट समितिको बैठकले ६ जना स्रष्टालाई सम्मान गर्ने निर्णय गरेको थियो। कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेश सभा सदस्य निमा गिरी,बिशेष अतिथि जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जि.सी,प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले सम्मान हुने सबैलाइ नगद तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।