प्युठान, ऐरावती गाउँपालिकामा अन्तर वडा स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
पुरूष भलिबल मा वडा नं ६ को टिम प्रथम,वडा नं ३ को टिम द्वितीय र वडा नं २ को टिम तृतीय भएको छ । भने महिला भलिबल तर्फ वडा नं ३ को टिम प्रथम,वडा नं २ को टिम द्वितीय र वडा नं ६ को टिम तृतीय भएको छ ।क्रिकेट तर्फ प्रथम वडा नं ४ को टिम, द्वितीय वडा नं २ को टिम र तृतीय वडा नं ५ को टिम भएको छ ।
महिला भलिबल तर्फ उत्कृष्ट खेलाडी पुरस्कार वडा नं ३ का खेलाडी रेखा गुरूङ, पुरूष भलिबल तर्फ उत्कृष्ट खेलाडी पुरस्कार वडा नं ३ का खेलाडी अर्जुन रावल र क्रिकेट तर्फ उत्कृष्ट खेलाडी पुरस्कार वडा नं ४ का खेलाडी समीर रानाले प्राप्त गरेका छन ।
क्रिकेटमा प्रथम हुने टिमका लागि ऐरावती २ बरौंला निवासी माधव जि सी ले नगद रू १० हजार व्यक्तिगत पुरस्कार प्रदान गर्नुभएको हो । वडा नं ६ मडाई निवासी(हाल ऐरावती २ ददरीपाटा) राकेश खड्काले वडा नं ६ का महिला भलिबल र पुरूष भलिबल टिमका खेलाडीहरू लाई ५/५ हजार व्यक्तिगत पुरस्कार प्रदान गर्नुभएको हो ।
माघ १८ गते देखि २० गतेसम्म ऐरावती खेलकुद मैदान झिवाङमा ऐरावती खेलकुद बिकास समितिका अध्यक्ष मोहन बहादुर बोहराको अध्यक्षता मा गाउँपालिका का कार्यवाहक अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता तथा वडा अध्यक्षहरू,कार्यपालिका सदस्यहरू, खेलाडी,प्रहरी,पत्रकार र समितिका पदाधिकारी लगायतको उपस्थितमा सञ्चालन भएको थियो ।
प्रतियोगितामा महिला भलिबल तर्फ वडा नं २,३,४,५ र ६ का टिम सहभागी भएका थिए भने पुरूष क्रिकेट र पुरूष भलिबलमा ६ वटै वडाबाट टिमहरू सहभागी भएका हुन । ऐरावती गाउँपालिकाको आर्थिक सहयोगमा ऐरावती खेलकुद बिकास समितिले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुने टिमले क्रमश कर कट्टी सहित नगद रू २५ हजार मेडल,प्रमाणपत्र र कप द्वितीय हुने टिमले नगद रू २० हजार मेडल,प्रमाणपत्र र कप र तृतीय हुने टिमले नगद रू १५ हजार मेडल,प्रमाणपत्र र कप प्राप्त गरेका छन ।