प्यूठान,२५ माघ । प्यूठानमा १३ ओैँ राष्ट्रपति रनिङ्ग शिल्ड खेल प्रतियोगिता बिहिबारदेखि सुरु भएको छ ।
गणतान्त्रिक खेल मैदान बिजुवार प्यूठानमा सुरु भएको प्रतियोगितामा प्यूठानका नौ वटै स्थानिय तहबाट खेलाडीहरु छनौट भएर सहभागी भएको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । तर खेल उद्घाटन सत्रमा कार्यक्रम सञ्चालन लगायतका बिषय अव्यवस्थित र भद्रगोल भएको भन्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका यातायात व्यवस्था मन्त्री रोज राँणाले दुख व्यक्त गर्नुभयो । उहाँले खेलको उद्घाटन सत्रमा बोल्दै राज्यको रकमलाई अव्यवस्थित रुपमा खर्च गर्न कसैलाई पनि अधिकार नहुने भन्दै आक्रोश व्यक्त गर्नुभयो । कार्यक्रममा सहभमगि नौ वटै स्थानिय तहबाट सहभागी बिद्यार्थी खेलाडिहरुलाई उहाले सफलताको शुभकामना दिनुभयो ।
रनिङ्गशिल्ड प्रतियोगितामा एथलेटिक्सका सबै खेलहरु खेलाईने आयोजकले जनाएकोछ । खेल सञ्चालनका लागि प्रत्यक स्थानिय तहबाट रु ८० हजारका दरले, प्यूठान नगरपालिकाले रु २ लाख, प्रदेश सरकारबाट करिब ३ ला ५० हजार रकमको व्यव्थापन गरिएको खेलकुद समितिकाे संरक्षक रहेका जिल्ला समन्वय समितिका प्रमुख धरम जिसीले बतनउनुभयो ।