प्युठान,२३ माघ ।
खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि ऐरावती गाउँपालिका वडा नं ४ तिल्केनीका स्थानिय खुसी भएका छन् । घ्वांङखोला लिफ्ट खानेपानी आयोजना निर्माण सम्पन्न भएर आज एक कार्यक्रमका बिच स्थानियलाई खानेपानी आयोजना हस्तान्तरण गरिएको हो । खानेपानी आयोजना सम्पन्न भएर उपभोग गर्न पाउदा तिल्केनीका स्थानिय हर्षित छन् । लामो समयदेखी खानेपानी समस्या झेल्दै आएका यस क्षेत्रका नागरीकका लागी संघीय खानेपानी तथा ढ्ल ब्यबस्थापन आयोजना बुटवलको १ करोड ८० लाख र ऐरावती गाउपालिकाको ३० लाख बजेटमा लिफ्ट खानेपानी आयोजना निर्माण भएको हो ।
निर्माण सम्पन्न भएको आयोजनाको आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले एक घर एक खानेपानी धारा अभियान अन्र्तगत काम भएको बताउनु भयो । लामो प्रयासपछि गाउँमा सुद्ध पिउने पानीको ब्यवस्था गरिएको भन्दै त्यसको संरक्षण स्वयम स्थानियले गर्नुपर्ने उहाको भनाई छ । यस्तै कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत हिमलाल बिश्वकर्मा, विभिन्न वार्डका वडा अध्यक्षहरु,ईन्जिनियर सुभम श्रेष्ठ लगाएतको उपस्थितीमा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
२०७८ असार ४ गतेबाट निर्माण सुरु भएको लिफ्ट खानेपानी आयोजनाको प्याराडाईज अमृत एएम जेभीले निर्माणको ठेक्का पाएको थियो । खानेपानी आयोजना निर्माण सम्पन्न भएसंगै तिल्केनीका २ सय १५ घरधुरी लाभाम्वीत भएका छन् । ऐरावती गाउँपालिकाले खानेपानीको समस्या झेल्दै आएका गाउँपालिका भित्रका अन्य स्थानमा समेत लिफ्ट प्रविधी मार्फत काम गरिरहेको छ ।