प्युठान, १ फागुन ।
ऐरावती गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन भएको छ । आर्थिक वर्ष ०८०।०८१ को कार्यक्रम वडा नं ४ बाट संचालन भएको हो । वडा नं ४ मा वडा अध्यक्ष शंकर बहादुर भण्डारीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी १ दिने बेरोजगार व्यक्तिहरुलाई प्रशिक्षण दिई काममा खटाईएको हो ।
साथै श्रमको सम्मान राष्टको अभियान कार्यक्रम वडा नं ४ का जनप्रतिनीधि, समाजसेवी, बुद्धिजीवि, नागरिक अगुवा, टोल विकास समितिका पदाधिकारीको उपस्थितीमा रोजगार संयोजक विनोद कुमार त्रिपाठीले कार्यक्रमको बारेमा अभिमुखीकरण गर्नुको साथै रोजगार सेवा केन्द्रबाट प्रवाह हुने सेवाहरुको बारेमा विस्तृत रुपमा जानकारी गराउनुभएको थियो ।
यस आर्थिक वर्षमा पालिका भित्रका ६ वटा वडामा ६० जना सुचिकृत प्राथमिकरणमा परेका व्यक्तिहरुलाई १०० दिनको रोजगार दिईने रोजगार संयोजक त्रिपाठीले बताउनुभयो । साथै पालिका भित्र वडा कार्यालय पर्खाल निर्माण, गोरेटो बाटो, मोटरबाटो नाली कटान, सिँचाई कुलो निर्माण जस्ता भौतिक पूर्वाधारका कामहरु संचालन हुने छन् ।