प्युठान,१ फागुन ।
पोषणमैत्री स्थानीय शासन सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । ऐरावती गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बरौला प्युठानको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । ऐरावती गाउँपालिकाका अध्यक्ष एंव गाउँपालिका स्तरीय पोषण खाद्य सुरक्षा निर्देशक समितिका संयोजक नविल विक्रम शाहको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख तथा प्रतिनीधिको उपस्थितीमा अन्र्तक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा पोषणमैत्री स्थानीय शासनको सोच, लक्ष्य, उदेश्य रणनीति रकार्यनीति र पोषणमैत्री स्थानीय तह घोषणाका लागि पुरा गर्नुपर्ने सुचकहरु लगायतका बारेमा सहजकर्ता भुमिश्वर शर्माले प्रस्तुतीकरण राख्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले पोषणमैत्री स्थानीय तह घोषणाका लागि पुरा गर्नुपर्ने सूचकहरुका बारेमा जानकारीहरु प्राप्त भएको बताउनुभयो । गाउँपालिकाले पोषण कार्यक्रमको पहिलो चरण र दोस्रो चरणका कार्यक्रममा विभिन्न उपलब्धीहरु हासिल गरेको बताउँदै अध्यक्ष शाहले आगामी दिनमा पनि पोषणमैत्री गाउँपालिका बनाउनका लागि यसका सुचकह? पुरा गर्दै जाने बताउनुभयो । पोषण सम्बन्धी विभिन्न कार्यक्रमहरु पालिकामा भित्राउन तथा पोषणमैत्री पालिका बनाउनका लागि सहजीकरण गर्दिएकोमा सहजकर्तालाई धन्यवाद समेत दिनुभएको थियो ।
पालिकाले चालुआर्थिक वर्षमा पोषणमैत्री नमुना टोल संचालन गर्नको लागि प्राप्त गरेको विशेष अनुदानको प्रस्तावना बमोजिमको कार्यक्रमहरु गाउँपालिका क्षेत्रभित्र पोषणमैत्री स्थानीय शासन घोषणा सम्बन्धी भएका सुचकहरुको आधारमा कार्यक्रमहरु संचालन गर्ने योजनामा रहेको गाउँपालिका पोषण सम्पर्क व्यक्ति विनोद कुमार त्रिपाठीले बताउनुभयो ।


