सागर रिजाल
प्युठान,३ फाल्गुन ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ऐरावती शाखाद्धारा बिद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । ऐरावती गाउँपालिका १ दाङबाङमा रहेको दाङबाङ्ग माध्यामिक विद्यालय र वडा नम्बर २ मा रहेको जनकल्याण माध्यामिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरिएको हो ।
यहाँका कक्षा ९ र १० मा अध्यनरत विद्यार्थीहरुलाई बैंकले वित्तिय साक्षरता प्रदान गरेको बैंकका शाखा प्रबन्धक श्रीधर पोख्रेलले बताउनुभयो । बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम गरिएको र यसका अलवा अन्य समयमा पनि बैंकले साक्षरता कार्यक्रम, सामाजिक सेवाका कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो । शाखा प्रमुख पोख्रेलले विद्यार्थीहरुलाई प्रशिक्षण दिदै वित्तीय सचेतना सम्बन्धि राम्रो ज्ञान प्राप्त गर्न सकेमा आर्थिक क्रियाकलाप र व्यवस्थापनमा सहज हुने बताउनुभयो ।
दाङबाङ्ग माविका प्रधानाध्यापक तुलसीराम आचार्य र जनकल्याण माविका प्रधानाध्यापक रेशम बहादुर जिसीले वित्तीय कार्यक्रमले विद्यार्थीहरुमा व्यवहारिक शिक्षा प्रदान गर्ने भन्दै बैंकलाई धन्यवाद समेत दिनुभयको थियो ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ऐरावती शाखाले आगामी दिनमा अन्य स्थानमा पनि वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम गर्ने शाखा प्रमुख पोख्रेलले बताउनुभयो ।