प्युठान, २०८१ असार ६ । नेकपा( एकीकृत समाजवादी) केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज राजकुमार कक्षपतिका अनुसार सर्वसम्वत रूपमा ७ जना महाधिवेशन प्रतिनिधि छनौट गरिएको छ। जसमा डा. भोज विक्रम बुढा मगर, कृष्ण रायमाझी, लुना रिजाल, खेम सुनार, झविलाल राहू मगर, कमल घर्ति मगर र सिर्जना सुनार रहनु भएको छ।
पार्टीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशन यही असार १६ देखि २० गतेसम्म काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुँदैछ।