प्युठान। प्युठानमा एक जना पुरुष मृत अवस्थामा फेला परेको छ। गौमुखी गाउँपालिका-१ थानिकामा सोही पालिका वडा २ का ४० वर्षीय गोबिन्द बुढा मगर मृत अबस्थामा फेला परेको गौमुखी गाउँपालिकाका वडा न:१ अध्यक्ष दिल बहादुर थापाले जानकारी दिए। घर बाट केही टाढाको गोरेटोबाटोमा गोविन्दको शव भेटिएको छ। मृतक बुढा शुक्रबार मात्र काठामाडौंबाट घर आएको अध्यक्ष थापाले बताए।घटनाको जानकारी गराएपछी घटना स्थलमा ईलाका प्रहरी कार्यालय मच्छीबाट प्रहरीको टोलि सोही घटना स्थलमा पुगेको छ अहिले मृत्युकको सव पोस्टमको लागि जिल्ला अस्पताल बिजुवार लिने तयारी भैरहेको स्थानिय कुसल थापाले जानकारी दिएका छन्