प्युठान,२०८१ असार ८ गते
प्युठानको उत्तरी भेगमा रहेको गौमुखी गाउपालिका वडा न. ३ खरा, पोखरामा बुबा मते बुढा मगर र आमा मोती बुढा मगरको कोख बाट जन्मेका कान्छा सुपुत्र बेलायती सेनाबाट अवकाश प्राप्त प्रेम बुढा मगरले आफनै जन्म गाउँमा आधारित आफ्नो नयाँ गीत बजारमा ल्याएका छन् । उनले असार ६गते शुक्रबार ‘घर त प्युठान गौमुखी पोखरा’ नामक लोकदोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । उक्त म्युजिक भिडियो आफ्नो श्रीमती नरमती बुढा मगर र प्रेम बुढा निर्माता रहेका छन् ।
लोक गायिका दिलु सलामी मगर र रेसम निर्दोषले गाएको गीतमा शब्द र संगीत राजु सुनामको रहेको छ । गाउँले परिवेशलाई देखाइएको गीतको म्युजिक भिडियोमा आनन्द गुरुङ, अन्जु गुरुङ, शेखेर घर्ती मगर र चाहाना राना मगरले अभिनय गरेका छन् । निर्देशन दीप गुरुङ, सिनेमाटोग्राफर विजय लामा तथा सम्पादन पदम सुवेदीले गरेका छन् । आफू जन्मेको गाउँघरलाई गीतको माध्यमबाट सम्झने र चिनाउने प्रयासस्वरूप भिडियो निर्माण गरेको बेलायतमा वस्दै आएका बुढामगरले बताए।