आइतबार असार ९ जीवन हमाल
बाहानेबाट नौबहीनी गाउपालिका ४ सुत्लाबाङको लागी छुटेको लु १ च ८०५१ नम्बरको बोलेरो जीव सुत्लाबाङमा दुर्घटना भएको छ ।
जीव साझ साढे ७ बजे दुर्घटना भएको हो जीव उकालो चड्ने क्रममा ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने नौबहीनी गाउपालिका वडा न:३ का अध्यक्ष दिल बहादुर के,सी ले जानकारी दिए । के, सी का अनुसार गाडि बाटो देखि ६ मिटर तल खसेको छ । गाडीमा सवार ११जना घाइते भएका छन घाइतेको उपचारको लागि जिल्ला अस्पताल बिजुवार लिएको के,सीले जानकारी दिए ।
घटना स्थलमा इलाका प्रहरी कार्यलय बाहानेबाट प्रहरी टोली आउदै गरेको के,सीले जानकारी दिए ।
थप विवरण आउन बाकी