-जीवन हमाल
राजनीति र जनप्रतिनिधिबाट दिक्क परेका जनता केही जनप्रतिनिधिको भन्ने अझैं आस र भरोसा गरेर बसेका छन् जनतन।
२०७९ बैशाख ३० गते भएको स्थानिय निर्वाचनमा ८५४ मत लिएर बिजय भएका स्वर्गद्वारी नगरपालिका वडा नः ४ का बुबा येकता प्रसाद श्रेष्ठ र आमा राधिका श्रेष्ठ को कोखबाट जन्मिनु भएका सुवर्ण कुमार श्रेष्ठ (सुमन ) अहिले वडा न: ४ को अध्यक्ष भएर जनताको सेवा गर्न थालेको करिव ३ बर्ष हुन आत्यो ।
श्रेष्ठ जनप्रतिनिधि हुनुभन्दा पहिला राजनीतिमा अल्ली कम सक्रियता भएको पाइन्छ।
तर समाजसेवामा भन्ने निरन्तर रुपमा रहनुभयो उहाँ अहिले राजनिती भन्दा जनताको काममा अल्ली धेरै सक्रियता भएको त्यहाँका जनताबाट सुन्न पाइन्छ ।
श्रेष्ठलाई अरु वडा भन्दा काम गर्न चुनौती भएको देख्न पाइन्छ र अरु वडा भन्दा केहि मात्रामा जनताको काम गरेको देख्न र सुन्न पनि पाइन्छ।
उहाँ अध्यक्ष भए पछि त्यहाँका जनताले श्रेष्ठ बाट केपायत हाम्रो मुल्यांकन र तपाईंको मुल्यांकन कतिको मिल्छ हेरौं ।
प्राथमिक स्वास्थ्य केन्द्रमा नया येम्बुलेन्स अनि १५ सैया स्तउन्नति भएको देख्न पाइन्छ ।
प्रथमिक स्वास्थ्य केन्द्र देखि बस्पार्क सम्म कालोपत्रे ,नगरपालिका देखि जिम्मुरपाटा सम्म कालोपत्रे,जिम्मुरपाटा देखि प्रहरि चौकि सम्म पक्कि नाला सहित १४:७० मिटर बाटो फराकिलो स्वर्गद्वारि भिगृ सडकखण्ड को लागि सडक डिभिजन र सडक पुर्बाधार सङ सहकार्य गरेको देखिन्छ भिगृकोट सिचाई पोखरि अनि पक्कि नाला भिगृ लिफ्ट सिचाई पोखरी मर्मत गरि प्रयोग गर्न लायेक बनाइएको त्यहाका जनताले हामीलाई जानकारी दिएका छन ।स्मार्ट सडक बत्तिको टेन्डर प्रकिया पुरा भैइ काम सुचारु हुने क्रममा रहेको श्रेष्ठले जानकारी दिनुभएको छ।
सातमोडे जारिखोला झलुङे पुल,बाझिपुर लिफ्ट,सिचाई भिंगृ खाने पानी आयोजना र भिङ्री बजारमा बहुउद्देश्यीय भवन निर्माण भएको छ जस्मा बिहान योगा,दिउसोमा तालिम र साझमा विभिन्न गेम हुने गर्दछन् ।
हामीले ठुला योजनाका काम मात्र समेटिएको छौ अन्य धेरै काम भैसकेको र भैरहेको छ।
श्रेष्ठ राजनीति भन्दा माथि रहेर जनताको काममा निरन्तररुपमा लागेको देख्न पाईन्छ।
उरु अध्यक्ष जस्तो पार्टीको बैठक पार्टीको भेला पार्टीको मिटिङ आमसभा जस्तो रमा उहाँको सक्रियता निकै कम देखिन्छ।
उहाँको एउटा भनाई रहेको छ म अहिले पार्टीको कार्यकर्ता हैन म वडा नम्बर ४को अभिभावक हु म जिम्मेवार छु पार्टीलाई दिने समय म जनतालाइ दिन चाहाछु उहाँको भनाइ प्राय जसो यस्तै रहन्छ ।