प्युठान राष्ट्रिय स्वतन्त्र पार्टि प्यूठानका संयोजक सुमन सुवेदीले पार्टि परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले पार्टिको कुनैपनि जिम्बेबारीमा नरहेको लेखेका छन् । उनले जनताका गुनासा बढि आउने गरेको र आफुहरुले गुनासो सुन्ने बाहेक केहि गर्न नसकेको भन्दै पार्टि त्याग गरि आम नागरीक सरह भएको लेखेका छन् ।
आसन र भाषणमा मात्रै रमाउन मनले मानेन, आसा गरेर गुनासो गर्नेहरु धेरै भेटिए तर केहि काम गर्न सकिएन त्यसैले पदमा बसिरहनु उचित नहुने भन्दै पार्टि परित्याग गरेको बताएका छन् । साथै उनले फेसबुक स्टाटस मार्फत आफ्नो उन्नती र प्रगतीका लागी राजनिती गर्नु गलत भएको पनि भनेका छन्।