जीवन हमाल
साउन २ प्युठान
सुन्दर पर्यटकीय ठाउँ भनेर परिचित प्युठान जिल्लाको स्याउलिबाङमा अहिले पनि नागरिकहरु जोखिम मोलेर काठको पिर्का बाट निर्माण गरिएको पुलबाट आवतजावत गर्न बाध्य छन् ।
साबिकको स्याउलिबाङ्ग गाविस १, ८ र ९ का जनतालाई आवातजावत गर्न निकै जोखिम देखिन्छ त्यहाँका जनता साहसी भनौं या बाध्यता दिनौ यहीँ पुलबाट आवतजावत गरिरहेका छन् ।
पोवाङ्ग पुल नामबाट परिचित यो पुल २०३८ सालमा तत्कालीन प्रधान पन्च कुनमान बुढा मगरको पहलमा निर्माण गरिएको थियो । उक्त पुल प्युठान, गोठीबाङ, घण्टीखोलाका पूर्व उप-सभापति गंगाराम घर्ती मगरले प्राबिधिक (मुल मिस्त्री) भएर निर्माण गर्नु भएको थियो ।
प्युठानको सुगमदेखि दुर्गमसम्मका विभिन्न बस्तीका नागरिक अहिले पनि पुल नहुँदा घण्टौँ लगाएर लामो यात्रा गरिरहेका छन् । कतिपय ठाउँमा स्थानीयवासीले जनश्रमदान गरी काठको फड्के बनाएर वारपार गर्ने गरेका छन् ।
फड्केमा वारपार गर्न निकै जोखिम हुन्छ ।
वर्षौँदेखि यहाँ पुल मर्मत लागि सरोकारवाला निकायलाई माग गरे पनि अहिलेसम्म चासो नदिएको स्थानीयवासी राजन घर्ती मगरले गुनासो गरे ।
पोवाङ्ग पुल बर्खामा हिड्न निकै गाह्राे छ पुलमा लगाईएका काठका फल्लेहरु गलेर भांचिएका छन् भन्ने केहि फल्ले रहेकाछन् त्यहि फल्ले पनि निकै नाजुक रहेको र वृद्धा बालबालिकालाई झन् पुलमा यात्रा गर्न निकै कष्टकर रहेको घर्तीको भनाइ रहेको छ।
‘यो खोलामा पुल मर्मत गर्न सरोकारवाला संग बारम्बार माग गर्दा पनि सरोकारवालाहरुले कुनै जवाफ दिदैनन तर जब चुनाव आउन थाल्छ त्यतिबेला निकै प्राथमिकता राखेर नारा बनाएर जनताको आंखामा छारो हाल्ने काम मात्र भएको सोहि स्थानका स्थानीय दिपक बुढाको भनाइ रहेको छ।
पुल निमार्णमा आफ्नो महत्त्वपूर्ण भुमिका सहित पुल निर्माण गर्न डिजाइन गर्नु भएका कुनमान बुढा मगर पनि त्यहीँ पुल टुलुटुलु हेर्नू बाहेक अरु केहि विकल्प छैन उहाँको पालामा उहाँले पुल निर्माण गर्न निकै योगदान दिनु भएको होर तर अहिले उहाँ वृद्ध हुनुभयो उहाले उहिले का सरोकारवालाहरु लाई सल्लाह दिदा खासै वास्त नगरिएको पाइन्छ ।
कहाँ छन् त त्यहाँ का स्थानीय सरकार किन जनताको जनजिवन संग खेलबाड गरिरहेका छन् पोवाङ्ग पुल सोही स्थानका वडा अध्यक्षले बिहान साझ आफ्नै आखाले देख्ने गर्दछन् तर सरकार र आफू त्यहाको अभिभावक को आखाले कहिले देख्ने जनताको बुझ्ने जनताको मर्म , यो बर्खामा पनि जोखिमपूर्ण यात्रा गर्नु पर्ने हो स्याउलिबाङ्गका जनताले कि सरोकारवालाको ध्यानाकर्षण हुन्छ ।