प्यूठान । बिहीवार बेलुका परेको वर्षाको कारण बुढादेबी खोलामा ढुङ्गा लेदो सहित आएको बाढी बुढादेबी बजारमा पसेको छ । आज बेलुका करिब ५ बजेतिर परेको अविरल वर्षाको कारण आएको खोला बुढादेबी बजारमा छिरेपछि स्थानीयको घर, बिद्यालय, सडक, पुल र खेतमा लगाएको धानबालीमा क्षती पुगेको छ ।
प्यूठान नगरपालिका वडा नम्बर ९ स्थित बुढादेबी बजारका करिब ७ घर र एक बोडिङ स्कुल उच्च जोखिममा रहेको स्थानीय आत्माराम सुनारले जानकारी दिनुभयो । ती मध्ये बजारका करिब १७/१८ घर समेत जोखिम रहेको सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय ७ घरमा अहिलेपनि अगाडि पछाडी पट्टिबाट खोला हिडेकोले स्थानीयको बिचल्ली भएको सुनारले बताउनुभयो । खोला घरमा बसेपछि स्थानीय बास छोडेर आफन्तकोमा गएको सुनारले जानकारी दिनुभयो ।
अहिले बाढी पसेर घरमा बस्न नहुने भएको स्थानीयले जानकारी दिएका छन् । स्थानीय आत्माराम सुनारका अनुसार बुढादेबी वारीपट्टिको बजार अहिले जलमग्न भएको छ । घरमा बस्नै नहुने गरि लेदो पसेको उहाँले बताउनुभयो । पटकपटक सरकारलाई नदि नियन्त्रणको लागि अनुरोध गरेपनी यहाँको दीर्घकालीन समस्या नभएको उहाँले गुनासो गर्नुभयो ।
बुढादेबीखोलामा खोलो सागुरो बनाएर फलामे पुल निर्माण भएपछि खोलो बाढी बजारमा बसेको स्थानीयले बताएका छन् । उक्त खोलाको आसपासका कैयन रोपनी धान बाली लगाएका खेत पुरिएको अवस्थामा रहेकोे छ ।
दिउँसो भएकाले मानवीय क्षति नभएको स्थानीयले जानकारी दिएका छन । बाढिले बगाउँदा स्थानीय सृजनशिल तारा इङलिस बोर्डिङ स्कुलको फर्निचर एउटा कोठा ट्वाइलेटमा समेतमा क्षती पुर्याएको छ । अहिले बोर्डिङबाट खोला बगिरहेको स्थानीयले जानकारी दिएका छन ।
बर्सेनि कच्ची सडक खनेर निस्केको ढुङ्गा बाटो उचित ब्यवस्थापन नगर्दा खोला नदिका तटीय क्षेत्रका बस्तिहरु उच्च जोखिममा परेका छन् । स्थानीय सरकारले अध्यायन बिबानै सडक निर्माणको काम जथाभावी खन्ने भएकोले पहाडी क्षेत्रमा समस्या बढेको स्थानीय जानकार बताउँछन् । त्यसको लागि सडक निर्माण गर्दा सबै सरकारले सबै पक्षको अध्यायन गरेर गर्नुपर्ने बताउँछन् ।