जीवन हमाल साउन:१९
प्युठान -भालुवाङ सडक खण्ड दिनौं जसो अबरुद्ध हुदा प्युठानको स्वर्गद्वारी मन्दिरमा दर्शन गर्न आउने भक्तजनको संख्या निकै कम भएको छ । पहिरो न आउँदा यो सडक कालोपत्रे र धुवाँ धुलो कम हुने भएकोले पर्यटकहरु यो सडक भएर यात्रा गरेको अरु समयमा देख्न पाइन्थ्यो ।तर बर्खा सुरुवात भए संगै माण्डवी गाउपालिका वडा न: १ गर्जेनीमा दिनौं जसो पहिरो आउने भएकाले स्वर्गद्वारी दर्शन गर्न आउने पर्यटकको बौंलेता केही कम भएको स्वर्गद्वारी मन्दिर नजिकै बजारमा ब्यापार गर्न बसेका ब्यापारीहरुले आफ्नो आकलन हामीलाइ सुनाउनु भएको थियो ।
गर्जेनीको पहिरोले स्वर्गद्वारी मन्दिरमा आउने पर्यटक भन्दा प्युठानका जनतालाई धेरै शास्ती दिएको छ। प्युठान भालुवाङ सडक खण्डमा यात्रा गर्दा फेसबुक अनलाइन पत्रपत्रिका नहेरी सडक डिभिजन मा नबुझी यात्रा गर्न सम्भव न-भएको नौबहिनी गाउपालिका १ का दिपक बुढा मगरले आफ्नो अनुभव सुनाउनु भएको थियोे । सथै सडक डिभिजन कार्यालयले सामाजिक सञ्जालमा सार्वजनिक गरेको सूचना अनुसार २१ पटक गरी कम्तीमा ९१ घण्टा सडक अवरुद्ध भएको छ । एकै पटक धेरै ठाउँमा पहिरो झर्ने समस्याका कारण पहिरोको सङ्ख्या भने २१ भन्दा धेरै रहेको पाइएको छ । यो सडक रोल्पा प्युठानका जनताको जन-जीवन संग जोडिएको सडक हो यात्रा गर्दा समयमै गन्तव्यमा पुग्न त परको कुरा हो कतिवेला पहिरोमा परिन्छ कि भन्ने दर पो लाग्छ भन्दै आफ्नो भनाइ राख्नु भएको थियोे स्वर्गद्वारी नगरपालिका २ का दम्वर बुढाले । सडक डिभिजन कार्यालय प्यूठानका इन्जिनियर कमल पुनका अनुसार सडक सुचारु गर्ने काममा मात्रै सडक डिभिजनले रु ६ लाख बढी खर्च गरिसकेको छ । ठुलो पहिरो गएकाले ढिस्को नसकिदाँसम्म पहिरो गइरहने समस्या झेल्नु पर्ने उनी बताउँछन् । ‘ढिस्कोलाई रोक्ने, बग्ने माटोलाई रोक्ने सोइलमेलिङ प्रविधिले रोकथाम वा समस्याको समाधान गर्न सकिन्छ’ इन्जिनियर पुनले भने, ‘डिपिआर गर्दा करिव साढे ५ करोड वजेट लागत देखिन्छ, त्यो फाइल विभागमा पठाइएपनि वजेट अभावका कारण तत्काल अघि बढ्ने देखिदैन ।’ कुनै प्रविधि प्रयोग नगरे गर्जेनीले सताइरहने समस्या भोग्नु पर्ने पुनको भनाइ छ ।