हुम बहादुर मल्ल
असुधारात्मक काममा ध्यान दिने वा मात्रात्मक परिवर्तनमा रमाउने णुणात्मक परिवर्तनलाई विर्सने नीति र कार्यशैलीलाई दक्षिणपन्थी भनिन्छ ।
सिधाान्त र आदर्शप्रती ब्यवस्था सिद्ध गर्ने कार्यलाइ अवसरवाद भनिन्छ ।
नेपालमा श्रम जिवि वर्गको नेतृत्व गर्ने कम्युनिस्ट पार्टीको स्थापना काल देखि नै दक्षिणपन्थी अवसरवादले नेपाली कम्युनिस्ट आन्दोलन तहसनहस , कमजोर पार्ने काम गर्दै आम क्रान्तिकारीहरुको आसा भरोसामा तुषारापात गरिरहेको छ ।मुख्य रुपमा दक्षिणपन्थी अवसरवादले कम्युनिस्ट आन्दोलन र पार्टी नै विर्सजन समेत गरेको छ ।मुख्य सत्रुलाइ हिर्काउने मिसनलाई छाडेर अन्तर संघर्षमा रुम्लनिन बाध्य पारेको छ।
मुख्य गरि २०१४ सालको दोस्रो महाधिवेशनबाट आएको नेतृत्व ,तुल्सीलाल र नौंवौ महाधिवेशन पछि आएको नेतृत्वले अंगालेको दक्षिपन्थी अवसरवाद भयानक खालका छन।
२०१४ सालको महाधिवेशन पछी केशर जंग रायमाझीले लिएको दक्षिणपन्थी अवसरवादी चिन्तन र नितिले मुलतः अन्तर संघर्ष मात्र गराएन कम्युनिस्ट आन्दोलन फुट, विभाजन, विर्सजन र विखण्डन तर्फ गयो तुल्सीलाल को कार्यले अझ तुत-फुत र बिभाजन हुने कार्यलाइ मलजल गर्यो। नौं महाधिवेशन २०७१ साउन १ पछि आएको नेतृत्वले लिएको दक्षपन्थी अवसरवादी नितिले नेपालको कम्युनिस्ट आन्दोलन फेरि संकटमा परेको छ ।हिजो एउटा केशर जंग मात्र केही पिछलग्गुहरु लाई लिएर राजा प्रस्ट भएर गएका थिए ।
तर नौं महाधिवेशन पछाडिको अपसरवादले मुख्य गरि दुई कार्य गरेको छ ।
१-तत्कालीन समयमा पार्टीमा संगठित भएका क्रान्तिकारीहरुको ठूलो पङतीलाइ काम बिहिन निसि्कृय बनाएको छ ।यो अबस्था कम्युनिस्ट आन्दोलनका लागि चिन्ताको बिषय हो ।
२-दलाल पुजीवादका अगाडि आत्मसमर्पण गर्दै कालान्तरमा त्यसको एजेन्ड बन्ने खतरा उतपन्न ,भएको छ ।तसर्थ २०१४ पछी दक्षिणपन्थी अवसरवाद र २०७१ पछि को दक्षिपन्थी अवसरवालको चरित्र र भिन्नता पनि उल्लेख गर्नु आवश्यक छ मुल रुपमा यसका चरित्र र भिन्नता यश परकारका छन् ।
१-रायमाझी सामन्तवादका दलाल थिए तर हालको नेतृत्व दलाल पुजीवादको दलाल र प्रभुत्ववाद र साम्राज्यवाद संग आत्म समर्पण गर्ने दिसामा अगाडि बढेका छ।
२-रायमाझी ले नेपाल राष्ट्र को अस्तित्व, अस्मिता माथि खेलबाड गरेनन् अर्थात लेण्डुप दोर्जे बनेन्न तर अहिलेका लेण्डुप दोर्जे बन्ने लाइनमा छन्
३-रायमाझी सामन्तवाद को एजेन्ड बन्दा राजा को अधिनायकले जनताको मौलिक हकहरु खोसिएको थियोे तर हालका दलाल पुजिबादको एजेन्ड बन्दा देश साम्राज्यवादीहरुको रणमैदान बन्ने अबस्थामा अगाडि बढेको छ।
४-रायमाझी को गदृारिले जनताले आफ्नै देशका राजाहरु बाट दास बन्नु परेको थियोे तर हालको गदृारीले साम्राज्यवादी को दास बन्नु पर्ने छ र देश हराएको नागरिक बन्नुपर्ने अबस्था आउन सक्छ।
यसबाट स्पष्ट हुन्छ कि रायमाझीको दक्षिणीपन्थी अबसरवाद भन्दा वोली को दक्षिणपन्थी अवसरवाद धेरै नै खतरनाक छ हाल देशमा जति पनि राष्ट्रि घात, जना घात र भ्रष्टाचार भएको छ त्यो सवैमा कहिनकही नयाँ दक्षिणपन्थी अवसरवादको सङलग्ता रहेको छ त्यसैले यो मजदुर दक्षिणपन्थी अवसरवाद संगको संघर्ष कुनै एक क्रान्तिकारी, ब्यक्तिले गरेर हुन्न यसका बिरुद्ध आम क्रान्तिकारी नागरिक,पार्टी र ब्यक्तिको शाझा संघर्षको आवश्यक ता छ। संर्घष्, रुपान्तरण र एकता को नियमबाट नै दक्षिणपन्थी अवसरवाद रोक्न सकिन्छ। जसका लागि हाम्रा अग्रजहरुले हिजो तिखो संघर्ष गरे, वर्तमानमा हामी गर्ने छौ र भबिस्यमा हाम्रा सन्ततिले संर्घष गर्ने छन् ।