जीवन हमाल प्युठान
माघ ३० प्युठान नगरपालिका जुम्री होटल यायुष्मा मा नेपाल मगर विद्यार्थी संघ को ऐतिहासिक दसौं जिल्ला अधिबेशन सम्पन्न भएको छ अधिबेशनले अध्यक्ष को जिम्मेवार मा सन्जय घर्ती मगर लाई निर्बिरोध रुपमा चयन गरेको छ भन्ने घर्तीको नेतृत्वमा सात जनाको कार्य समित समेत टोकेको छ भन्ने अन्य सदस्य पालिका वडा बाइच छनोट गरिने जनाइएको छ ।

कार्यक्रममा नेपाल मगर विद्यार्थी संघ पूर्व केन्द्रीय अध्यक्ष डा. भोजविक्रम बुढा मगरको प्रमुख आतिथ्यतामा, पूर्व केन्द्रीय सदस्य तथा ऐरावाती गाउँ पालिका वडा न ३ का अध्यक्ष अमर रेश्मी मगर ,पूर्व जिल्ला अध्यक्ष तथा प्युठान नगर पालिका वाडा न. ६ का अध्यक्ष नरेन्द्र पुन मगर( एनपी )तथा पूर्व जिल्ला अध्यक्ष दीपक पुन मगर लगायतका अन्य अतिथीहरुको विशेष उपस्थितिमा कार्यक्रम सप्पन्न भएको छ ।

उक्त अधिबेशन बाट तपशील अनुसारको पदाधिकारी सहितको सदस्यहरु सर्वसम्मत रुपमा निर्वाचित गरिएको छ।
नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्य समिति प्यूठानको दशौँ अधिवेशनमा निर्वाचित कार्यसमितिहरू!
उपाध्यक्ष श्री प्रेम पुन मगर
सचिव श्री सुशील बुढा मगर
सह सचिव मिना पुन मगर
कोषाध्यक्ष विमल घर्ती मगर
सदस्य अस्मिता पुन मगर
दीपक पुन मगर र
विशाल पुन मगर