प्युठान बैशाख ५ जीवन हमाल
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी प्युठानले शुक्रबार भर्खरै प्युठान आउनु भएका (CDO ) दिपक राज नेपाल लाई ज्ञापनपत्र बुझाएको छ।

एकीकृत समाजवादी पार्टी प्युठानका अध्यक्ष डा: भोज बिक्रम बुढा मगर को नेतृत्व पार्टी उपाध्यक्ष खिम बहादुर सुनार सचिव धर्म राज भण्डारी उप-सचिव मा थमन साठिघरे सिर्जना सुनार र लिल्ला कमिटी सचिवालय सदस्य शेर बहादुर साठिघरे लगायत को टिमले चैत १५ गते काठमाडौंमा भएको कथित राजावादी प्रतिगामी धार्मिक अतिवादी तथा दक्षिणपन्थी शक्तिले सोही दिन योजनाबद्व तरिकाले काठमाडौं बानेश्वर आलोकनगर मा रहेको समाजवादी पार्टी कार्यलय तोडफोड आगजनी महत्त्वपूर्ण कागजातमा आगजनी गरि ब्यक्तिगत घर तोडफोड आगजनी सुपर मार्केट जडिबुटी उद्योग तोडफोड गरि आगजनी गरि घर भित्र थुनेर एभीन्यूज टेलिभिजनका पत्रकार सुरज रगकलाई हत्या गरेको हुदा पत्रकारलाई सहिद घोषण गर्न समेत समाजवादी पार्टी प्युठानले नेपाल मार्फत ध्यानाकर्षण गराएको छ।

पार्टी सचिव भण्डारीले नयाँ आउनु भएको CDO नेपाललाई मन्तव्य मार्फत स्वागत गर्नु भएको थियोे भन्ने ज्ञापनपत्र बढेर जिल्ला पार्टी अध्यक्ष डा: बुढाले सुनाउनु भएको थियो।
नेपालले उक्त ज्ञापनपत्र सम्बन्धित निकाय सम्म पुराउने र सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनु भएको छ।