२०८२ जेठ ३ गते नेकपा(एकीकृत समाजबादी) समर्थित विधार्थी संगठन अनेरास्वबियु प्युठान जिल्लाको दोस्रो भेला पार्टी कार्यालय जुम्री प्युठानमा सम्पन्न भएको छ । अनेरास्ववियुका संयोजक नवीन बुढामगरको अध्यक्षता र नेकपा(एकीकृत समाजबादी) जिल्ला अध्यक्ष डा.भोजबिक्रम बुढा मगरको प्रमुख अथित्यता, विशाल सुनारको संचालन र रेखा रोकाले स्वागत मन्तव्य राखेका थिए ।

नेकपा (एकीकृत समाजबादी) जिल्ला उपाध्यक्ष खिम सुनार, उपसचिवद्व्य हुमबहादुर मल्ल र सृजना सुनार, युवा संघका केन्द्रीय सदस्य राज लामिछाने सिंहनीया लगायतका बक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए

। भेलाको बन्दसत्रले नबिन बुढा मगरको अध्यक्षतामा ३१ सदस्य जिल्ला कमिटी गठन गरेको छ। जस्को उपाध्यक्षमा अमृता बुढा मगर र अर्जुन मल्ल सचिव रेखा रोका, उपसचिव शुशिला सुनार र कोषाध्यक्ष प्रमिला घर्ती रहेका छन ।