जीवन हमाल दाङ देउखुरी, मङ्सिर ४, २०८२
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेशले मङ्सिर १३ गते दाङ देउखुरीको लमहीमा आयोजना गर्न लागिएको एकता सन्देश सभा को तयारीलाई लिएर आज दाङ देउखुरीमा विस्तारित बैठक सम्पन्न गरेको छ।

बैठकमा पार्टीका प्रदेशस्तरीय नेताहरू, दाङ–देउखुरीका स्थानीय नेतृत्व, जनसंगठनका प्रतिनिधि तथा कार्यकर्ताहरूको सहभागीता रहेको थियो।
आगामी सभा भव्य र अनुशासित रूपमा सम्पन्न गर्न आवश्यक व्यवस्थापन, कार्यक्रम संरचना, सुरक्षा व्यवस्था तथा जनसहभागिता अभिवृद्धिका विषयमा विस्तृत छलफल गरिएको बैठकले जनाएको छ।
बैठकका सहभागीहरूले हाल सुदृढीकरणतर्फ उन्मुख पार्टी संगठनलाई थप एकताबद्ध बनाउन मङ्सिर १३ गतेको सभा महत्वपूर्ण अवसर हुने भन्दै सबै तह–तप्काबाट सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

साथै, प्रचार–प्रसार, स्वागतमञ्च व्यवस्थापन, यातायात र स्वयंसेवक परिचालन लगायतका तयारीहरूलाई तीव्रता दिन जिम्मेवारी तोकिएको छ।
पार्टीले लमहीमा हुने एकता सन्देश सभा लाई प्रदेशभरका कार्यकर्ताहरू जोड्ने महत्त्वपूर्ण राजनीतिक कार्यक्रमका रूपमा हेरेको छ।


