जिबन हमाल प्युठान ।
वेलुवा–बाग्दुला सडक विस्तार कार्यले द्रुत गति लिँदै अगाडि बढेको छ।

प्युठान नगरपालिकाको समन्वयमा सडक डिभिजन कार्यालय प्युठानले सडक केन्द्र रेखाबाट दायाँ–बायाँ ७.५–७.५ मिटर गरी १५ मिटर चौडाइमा विस्तार गर्ने योजना अनुसार काम तीव्र रूपमा अघि बढाइएको हो
। सडक विस्तारलाई व्यवहारिक तथा प्रभावकारी बनाउने उद्देश्यले प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीले आफ्नै घरको संरचना भत्काएर उदाहरणीय कदमका साथ सार्वजनिक हितलाई प्राथमिकता दिएको देखिएको छ।
नगरप्रमुखकै नेतृत्वमा सुरु भएको यो पहलले स्थानीय बासिन्दाबीच सकारात्मक सन्देश र प्रेरणा फैलिएको छ।
स्थानीयवासीहरूले जनप्रतिनिधिले देखाएको जिम्मेवारीप्रतिको प्रतिबद्धताप्रति प्रशंसा व्यक्त गर्दै सडक विस्तारले नगरको समग्र विकास, यातायात सुविधा र व्यापारिक गतिविधिमा नयाँ सम्भावना थप्ने विश्वास व्यक्त गरेका छन्। सडक विस्तारसँगै वेलुवा–बाग्दुला क्षेत्रमा आगामी दिनमा संरचित शहरी विकास, सुरक्षित आवत–जावत र व्यवस्थित बजार विस्तार हुने अपेक्षा गरिएको छ।


