गुल्मी । गुल्मी जिल्लाको मदाने गाउँपालिका–२ बाझकटेरीमा गए राति जिप दुर्घटना भएको छ।
स्थानीय महेन्द्र जिसीका अनुसार राति करिब ८ बजे मोटरबाटोबाट ग १ ज ५५३१ नम्बरको जिप करिब ६० मिटर तल खसेको हो।
जिपमा चालकसहित तीन जना सवार रहेको बताइएको छ।
दुर्घटनामा जनहानी नभए पनि दुई जनाको छाती र खुट्टामा समस्या देखिएको र प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवलस्थित अस्पताल रिफर गरिएको जिसीले जानकारी दिए। जिप मदाने गाउँपालिका–१ अग्लुङ फेदी पुगेर फर्कने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटना मदाने–२ को तुल्सिमिरा डाँडा नजिकैको लेकपधेरा भन्ने स्थानमा भएको बताइएको छ।
घटनापछि गाडीका धनी तथा चालक चरण बिक फरार रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


