प्युठान: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तार अभियानअन्तर्गत देशभरका ७७ मध्ये ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि तोक्ने निर्णय सार्वजनिक गरेको छ। तर सो सूचीमा प्युठान जिल्ला परेन, जसले स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म विभिन्न प्रश्न र छलफलहरूलाई तातेको छ।
रास्वपाका अनुसार अन्य अधिकांश जिल्लामा जिम्मेवारी हस्तान्तरण गरिए तापनि प्युठानमा भने हालका संरचनागत मूल्यांकन तथा पार्टीभित्रको समन्वयकार्य पूरा नभएकाले प्रतिनिधि नियुक्ति केही समयका लागि रोकिएको बताइएको छ।
संगठनका केही स्रोतहरूले प्युठानमा सक्रिय नेताहरूबीच समन्वय, भूमिकाको स्पष्टता तथा आन्तरिक व्यवस्थापनलाई लिएर चलिरहेको प्रक्रियाका कारण प्रतिनिधि अन्तिम चरणमा राखिएको तर छुटाइएको भने नहुने बताएका छन्।

यसले स्थानीय कार्यकर्ता र समर्थकमाझ ‘प्युठान छुट्यो कि छुटाइयो?’ भन्ने विवादसमेत उठेको छ। रास्वपाका केन्द्रिय नेताहरूले भने प्युठानलाई अत्यन्त महत्वपूर्ण जिल्ला भएको भन्दै छिट्टै प्रतिनिधि तोकिने आश्वासन दिएका छन्।
यता प्युठानका स्थानीय जनसम्पर्क र राजनीतिक गतिविधिमा संलग्नहरूले पार्टीले स्पष्ट सूचना दिएर भ्रम चिर्नुपर्ने माग गर्दै आएका छन्।


