धनगढी ।
कैलालीको धनगढीमा आज जेन–जि युवाहरू र नेकपा (एमाले) का कार्यकर्ताबीच झडप भएको छ। एमाले नेता महेश बस्नेत धनगढी आउने जानकारी सार्वजनिक भएलगत्तै जेन–जि समूहले विरोध प्रदर्शन थालेका थिए। प्रदर्शनकै क्रममा दुई पक्षबीच बाक्लिँदो वादविवाद हात हालाहालमा परिणत भएको प्रहरीले जनाएको छ।

घटनास्थल नयाँ बसपार्क नजिकै रहेको खुला क्षेत्र भएको बताइएको छ। जेन–जि युवाहरूले बस्नेतको राजनीतिक गतिविधि र अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै नाराबाजी गरिरहेका थिए। सोहीबेला बस्नेतका समर्थक एमाले कार्यकर्ता पनि त्यही आसपास उपस्थित भएपछि वातावरण तनावपूर्ण बनेको प्रहरीले बताएको छ छ।
झडपका क्रममा केही युवाहरू सामान्य चोट लागेका छन्। भीड नियन्त्रण गर्न प्रहरीले बीचमा परेर दुवै पक्षलाई छुट्याएको थियो। अहिले घटना भएको क्षेत्र शान्त रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान चलाइरहेको छ।


