प्युठान, २०८२ मंसिर १०।
YCL समाजवादी, युवा अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी संगठनहरूको संयुक्त आकस्मिक बैठक बसेको छ । बैठकमा कमरेड कृष्णध्वज खड्का प्रमुख अतिथि रहनुभएको थियो।
बैठकमा हालको राजनीतिक परिस्थितिबारे गम्भीर छलफल गर्दै आगामी कार्यक्रमहरूको सफलतापूर्वक व्यवस्थापन तथा सहभागिता सुनिश्चित गर्ने विषयमा विशेष निर्णयहरू गरिएका छन्।

बैठकले आगामी मंसिर १३ गते हुने एकता घोषणा तथा सन्देश सभामा यथासक्य बृहत् उपस्थिति सुनिश्चित गर्न सबै संगठनहरूलाई जिम्मेवारी वितरण गरिएको जनाएको छ। साथै, मंसिर २५ गते जिल्लास्तरमा र मंसिर २९ गते सबै पालिकामा आयोजना हुने एकता सभाहरूलाई भव्य र ऐतिहासिक बनाउने सहमति बैठकले गरेको छ।
संगठनका प्रतिनिधिहरूले एकताबद्ध भएर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै सबै तह–स्तरमा सक्रिय अभियान चलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


