जेठ ३० काठमाडौँ
जल तथा मौसम विज्ञान विभागले यस वर्ष एकदुई दिन ढिला गरेर नेपालमा मनसुन भित्रिने बताएको छ । जुन १३ गते नेपालमा मनसुन भित्रिने गर्छ । हाल यस वर्षको मनसुन प्रणाली भारतको उत्तर पूर्वी भू भाग, बंगलादेश र भुटानसम्म आइपुगेको पुगेको छ।
विभागको पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानले कोसी प्रदेशमा मनसुन भित्रिन अझै केही दिन लाग्न बताए । ुनेपालको पूर्वी भू भागबाट मनसुन भित्रिने गर्छ । बुधबाररबिहाबारदेखि नेपालमा मनसुन भित्रिन सक्छ, मौसविद् लामिछानेले कान्तिपुरसित भने । विभागले जुन १३ देखि अक्टोबर २ सम्मको अवधिलाई मनसुन मान्ने गर्छ ।
मौसमविद् लामिछानेका अनुसार आइतबार दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने बताए । ती प्रदेशका केही स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताए ।
सोमबार काठमाडौंमा मध्यम वर्षा भएको । माहाशाखाका मौसमविद् लामिछानेले दिएको जानकारी अनुसार आइतार राति १० बजेदेखि सोमबार राति १० बजेसम्म काठमाडौंमा २९।५ मिलिमिटर वर्षा मापन भएको थियो । १० देखि ५० एमएमको वर्षालाई विभागले मध्यम वर्षा भन्ने गर्छ । बुधबार कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैबीच मौसम विज्ञान विभागले नेपालको मध्य तथा पश्चिमी क्षेत्रहरूमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको जनाएको छ । यस्तै , मध्य तथा पश्चिम तराईका भूभागमा लगातार अधिकतम तापक्रम चालीस डिग्री सेल्सियसभन्दा बढी मापन भएको जनाउँदै केही दिनसम्मका सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका धेरैजसो भूभागहरूमा अत्याधिक गर्मीको सम्भावना अझै रहने जनाएको छ ।
विभागले वाग्मती प्रदेशको तराईका भूभाग र मधेश प्रदेशको पश्चिमी भूभागमा थोरै तापक्रम घट्ने जनाएको पनि अत्याधिक गर्मीको सम्भावना यथावत् रहने उल्लेख गरेको छ ।ती भूभागहरूमा जेठ ३० गते देखि असार १ गतेसम्म तातो हावा तथा लू को सम्भावना यथावत् रहने विभागले जनाउँदै आवश्यक सतर्कता अपनाउन पनि अपिल गरेको छ ।
विभागका अनुसार मधेश प्रदेशको पूर्वी भूभागमा तापक्रम केही घट्ने सम्भावना देखिए तापनि गर्मीको सम्भावना रहने जनाएको छ । यस्तै पश्चिमी पहाडी भूभागका उपत्यका तथा खोचहरूमा पनि तापक्रम यथावत् रहन सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।
कान्तिपुर दैनिकबाट साभार