• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

लुम्बिनीको बजेट ४० अर्ब ४७ करोड, गत वर्षभन्दा २ अर्ब १६ करोड कम

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० असार १ गते, शुक्रबार १८:३६
मुख्य समाचार, लुम्बिनी प्रदेश
0
लुम्बिनीको बजेट ४० अर्ब ४७ करोड, गत वर्षभन्दा २ अर्ब १६ करोड कम
2
VIEWS
Share on FacebookShare on Twitter

१ असार, बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धनबहादुर मास्की रानाले शुक्रबारको प्रदेश सभा बैठकमा उक्त बजेट सार्वजनिक गरेका हुन् ।
प्रदेशको स्थायी राजधानीमा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको छ ।

उक्त बजेटमध्ये चालु खर्चतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार (३३.६८ प्रतिशत ) र पूँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख (५७.४५ प्रतिशत) रहेको छ । यस्तै वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख (८.८७ प्रतिशत) रहने अनुमान गरिएको छ । यो गत वर्षभन्दा २ अर्ब १६ करोड कम हो । अनुमान गरिएको खर्च ब्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ६ अर्ब ७३ करोड ७१ लाख संकलन हुने अनुमान गरिएको छ ।

यस्तै संघबाट राजस्व बाँडफाँडबाट ११ अर्ब ३ करोड ७४ लाख, रोयल्टीबाट २९ करोड,स्थानीय तहबाट २ अर्ब ५० करोड ३० लाख संकलन हुने अनुमान गरिएको छ। प्रदेश सरकारले गत वर्ष ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको थियो। संघीय सरकारले आगामी आर्थिक वर्षको लागि लुम्बिनी प्रदेश सरकारलाई झण्डै चार अर्ब बजेट कम छुट्याएको छ। चालु आर्थिक वर्षमा १८ अर्ब ४७ करोड ६४ लाख अनुदान प्राप्त भएको थियो तर आगामी आर्थिक वर्षको लागि १५ अर्ब ३८ करोड ४२ लाख बजेट घटेर आएको छ।चालु आर्थिक वर्षमा समानीकरणतर्फ आठ अर्ब ५४ करोड बजेट थियो। अहिले आठ अर्ब १४ करोड ८३ लाख बजेट प्राप्त भएको छ। सशर्ततर्फ आठ अर्ब ७१ करोड बजेट थियो। आगामी आर्थिक वर्षमा पाँच अर्ब ८३ करोड ५९ लाख बजेट प्राप्त भएको छ। समपूरकतर्फ ७३ करोड ९० लाख बजेट थियो। आगामी आर्थिक वर्षको लागि ८४ करोड बजेट छ। विशेष अनुदानको लागि ८८ करोड ३५ लाख बजेट थियो। आगामी वर्ष ५६ करोड बजेट प्राप्त भएको छ।

सरकारले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम संचालन गर्न १ अर्ब बजेट विनियोजन गरेको छ। सीप, पूँजी र प्रविधिको विकास गरी रोजगार प्रवर्द्धन गर्न सरकारले थप ४ करोड बजेट विनियोजन गरेको छ। बजेटमा सरकारले २ वर्षमा २ लाख बेरोजगारलाई रोजगार दिने गरी मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम अघि सारेको छ। यो कार्यक्रम सरकारी, निजी, गैरसरकारी संस्था र विकास साझेदारसँगको सहकार्यमा मुख्यमन्त्री आर्थिक विकास कोष स्थापना गरी संचालन गर्ने आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बताए। त्यस्तै सरकारले मुख्यमन्त्री नव प्रवर्द्धन कार्यक्रम पनि अघि सारेको छ। रोजगारी सिर्जना गर्न साना र मझौला उद्यमको विकास गर्न सरकारले २ करोड रकम विनियोजन गरेको छ। उनले यसअघिको सरकारले ल्याएको स्मार्ट कृषि कार्यक्रमलाई निरन्तरता दिंदै १० करोड बजेट विनियोजन गरेका छन्। स्थानीय बाली संरक्षण कार्यक्रम अर्न्तत प्रदेशका विभिन्न जिल्लाका लागि ६ करोड १८ लाख, पशु पालनका लागि ५ करोड बजेट विनियोजन गरेको बताए। नश्ल सुधारका लागि २ करोड बजेट विनियोजन भएको उनले बताए । कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्दै मूल्य श्रृंखलामा आधारित बजारीकरणको व्यवस्था गर्ने योजना अघि सारेको उनले बताए ।

यस्तै आगामी वर्षदेखि विद्युतको राष्ट्रिय प्रसारण लाइनको तल खाली रहेको जग्गा उपभोग गर्ने नीति अघि सारेको छ । त्यसका लागि सरकारले गैरकाष्ठजन्य उत्पादन गर्न २ करोडभन्दा बढी बजेट विनियोजन गरेको मास्कीले जानकारी दिए । त्यस्तै कृषि वन तथा हरियाली प्रवर्द्धन गर्न ११ करोड, गुल्मीको मदाने र रेसुंगामा पर्यापर्यटन कार्यक्रमका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सरकारले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्न पीडितसँग प्रदेश सरकार कार्यक्रम संचालन गर्न १ करोड ५० लाख रकम विनियोजन गरेको छ ।यसैगरी प्रदेश सरकारले घरेलु उत्पादनको मदिरा प्रवर्द्धन गर्न बजेट व्यवस्था गरेको छ । यसको लागि १२ करोड रकम विनियोजन गरिएको छ ।‘एक जिल्ला : एक नमूना बस्ती’, कृषकबाट कृषकसम्म’, ‘घरदैलोमा प्राविधिक सेवा : उत्पादनमा टेवा’, ‘श्रमको सम्मानः लुम्बिनी प्रदेशको अभियान’, ‘पढ्दै कमाउँदै, कमाउँदै पढ्दै’, ‘सीप सिकौं दक्ष बनौं’, ‘उद्योग दर्तामा प्रविधिः लुम्बिनी प्रदेशको उन्नति’,’मानव विकासको आधार : लुम्बिनीका स्तरीय र सुरक्षित पूर्वाधार’ कार्यक्रम बजेट वक्तव्यमा समेटिएका छन् ।

यस्तै ‘कृषिको आधार : सिंचाइमा सुधार’,’उज्यालो प्रदेश : लुम्बिनी प्रदेश’,’एक घर एक धारा’, ‘वनजन्य उद्यमको विकास : बेरोजगारी समस्याको निकास’, ‘पीडितसँग प्रदेश सरकार : सिकाउने, टिकाउने र श्रमबजारमा बिकाउने’, ‘लुम्बिनीका खेलाडी : सधैं अगाडि’, ‘मेरो स्वास्थ्य मेरो जीवन’, ‘लोरेट एण्ड लिडर कार्यक्रम’ पनि बजेट वक्तव्यमा समेटिएका छन् ।
अनलाईनखबरबाट साभार

Previous Post

ऐरावतीमा राष्ट्रिय परिचयपत्र विवरण संकलन दर्ता अभियान सुरु

Next Post

पूर्वमन्त्री रायमाझी र खाणसहित १६ जनालाई पुर्पक्षमा कारागार पठाउन आदेश

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
पूर्वमन्त्री रायमाझी र खाणसहित १६ जनालाई पुर्पक्षमा कारागार पठाउन आदेश

पूर्वमन्त्री रायमाझी र खाणसहित १६ जनालाई पुर्पक्षमा कारागार पठाउन आदेश

लुम्बिनीको बजेट ४० अर्ब ४७ करोड, गत वर्षभन्दा २ अर्ब १६ करोड कम

लुम्बिनी प्रदेशको खर्च कटौती अभियान : नयाँ गाडी नकिन्ने, भवन पनि नबनाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..