प्युठान ,६ असार । किशोर किशोरी प्रजनन स्वास्थ्य कार्यक्रम अन्तर्गत गौमुखी गाउपालिकामा युवा समूह गठन भएको छ ।
प्रजनन स्वास्थ्य सम्बन्धी स्थानीय स्तरका मुद्दाहरुलाइ पैरवी गर्दै पालिकासम्म पुरयाउने र स्थानीय स्तरमा युवा निति २०७२ले परिकल्पना गरेको पालिक स्तरिय काउन्सिलको काम गर्ने उद्देश्यले समूह गठन गरिएको हो ।
गौमुखी गाउपालिकाका स्वास्थ्य संयोजक हरि प्रसाद जैसीले स्वागत मन्तव्य राख्दै उक्त परियोजनाद्वारा हालसम्म गरेका क्रियाकलापको समिक्षा गर्दै आगामी दिनमा समन्वय र सहकार्य गर्दै काम गर्ने जानकारी गराउनुभयो ।
गाउपालिकाका उपाध्यक्ष महावीर रानाले गौमुखी गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरेको र मानव बिकास सूचकांक सुधारमा यस्ता खालका कार्यक्रमले ठूलो सहयोग गर्ने बताउनुभयो ।
केयर नेपालका डिसिओपी मिनराज ज्ञवालीले कार्यक्रमको उद्देश्य, युवाको भुमिका र हामी पाचौ दिशा (प्रगति दिशा)मा लागेको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिलेशुन्य होम डेलिवेरी, युवाहरुको विकासको लागि कार्ययोजना बनाएको र दिगो लक्ष्य प्राप्तिको लागि गौमुखी गाउपालिका सधै तयार भएको बताउनुभयो ।
कार्यक्रममा युवा परिचालन म्यानेजर अर्चना गुप्ता, प्राइभेट सेक्टर इङगेज्मेन्ट विशेषज्ञ चेतन केसी र युवा परिचालन विशेषज्ञ सुर्य थापाको उपस्तिथि थियो ।
त्यसैगरी, प्रमुख प्रसासकिय अधिकृत, कार्यपालिका सदस्य बोम बहादुर सुनार, स्वास्थ्य शाखाका कर्मचारी, शिक्षा शाखा प्रतिनिधि , आयोनका कर्मचारी, मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका कर्मचारी र गौमुखी गाउँपालिकाका महिला युवाहरुको उपस्थिति रहेको थियो ।
औपचारिक कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक केशव बहादुर के सिले गर्नुभएको थियो भने समूह गठन गर्दा सहजीकरणको भुमिका युवा परिचालक अधिकृत गिरिराज अधिकारी र जेसि अधिकृत सपना देवकोटाले गर्नुभएको थियो ।
युएसएआईडेको आर्थिक सहयोग, केयर नेपालको प्राविधिक सहयोग एवं मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र प्युठान, जपिगो, एचडिआई, नेपाल सिआरएस कम्पनी र नेपाल युवा संस्था संजाल (आयोन)को साझेदारिमा परियोजना संचालनमा छ ।