प्युठान,७ असार ।
ऐरावती गाउँपालिकामा आर्थिक वर्ष ०७९।०८० मा उत्कृष्ट काम गर्ने शिक्षक, विद्यार्थी,कर्मचारी तथा विद्यालयलाई सम्मान गरिएको छ । पालिकाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार उत्कृष्ट शिक्षक, कर्मचारी तथा शैक्षिक संस्थाहरुलाई नगद र सम्मान पत्रले सम्मान गरिएको हो ।
सम्मानित हुनेमा पालिकाभित्र कक्षा ८ को वार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने दाङवाङ माध्यामिक विद्यालयमा अध्ययनरत रोजिल आचार्य, उत्कृष्ट काम गर्ने पाटेश्वरी प्राथमिक विद्यालयमा विद्यालय सहयोगी कर्मचारी शिवा राउत, पोखराचौर प्राथमिक विद्यालय उदिकका वालविकास शिक्षक मिना शाही, मोति माध्यामिक विद्यालयका विद्यालय सहायक विवेक थापा, शिशु कल्याण आ.वि. का शिक्षक अनिता श्रेष्ठ, सूर्यमुखी प्रा.वि. का प्र.अ. प्रेम बहादुर राउत, अमरज्योती प्रा.वि.का प्र.अ. ललिता थापा, पद्मोदय मा.वि.का शिक्षक नवराज आचार्य, जनता मा.वि.का शिक्षक केशवराज बसेल, दाङवाङ मा.वि.का प्र.अ. तुल्सीराम आचार्य रहनुभएको ऐरावती गाउँपालिका शिक्षा शाखा प्रमुख यमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
त्यस्तै उत्कृष्ट विद्यालय व्यवस्थापन समितिमा शिशु कल्याण आ.वि. झिवाङका अध्यक्ष पुरनसिंह भण्डारीलाई सम्मान गरिएको छ । उत्कृष्ट विद्यालयमा माण्डवी प्रा.वि. लामिदमार, पालुसिद्ध प्रा.वि. दाङवाङ, धर्मोदय मा.वि. जाबुनेलाई सम्मान गरिएको छ । त्यस्तै अनुसन्धानकर्ता प्रविन मानन्धरलाई पनि सम्मान गरिएको शिक्षा शाखा प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
ऐरावती गाउँपालिकाका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा ६ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य ,वडासदस्य, शिक्षकहरुको उपस्थिती रहेको थियो ।