प्युठान, १४ फाल्गुन ।
ऐरावती गाउँपालिकामा सामुदायिक मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम संचालन भएको छ । ऐरावती गाउँपालिकाको आयोजनामा तालिम संचालन भएको हो ।
तालिमको आज एक कार्यक्रम गरी उद्घाटन गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा, न्यायिक समिति सदस्य भक्त बहादुर विश्वकर्मा, प्रशिक्षक हिमाल डुगेंल, मन्जु कार्की खड्का, न्यायिक समितिका सदस्य सचिव विनोद कुमार त्रिपाठी , मेलामिलापकर्ता लगाएतको उपस्थित रहेको थियो ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष श्रेष्ठले आफ्नो क्षेत्रमा उठेका विवादहरुलाई सहजीकरण गरी द्धन्द्धमा जान रोक्नलाई मेलमिलाप कर्ताहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । यस भन्दा अगाडी पनि पालिकाले मेलमिलापकर्तालाई ४८ घण्टे तालिम संचालन गरिसकेको र त्यसको पुनर्ताजगीका लागि तालिमा संचालन गरिएको बताउनुभयो । तालिम पश्चात वडा वडामा मेलमिलाप कर्ताको गठन गरि कार्यविभाजन गरिने समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विश्वकर्माले टोलटोलमा भएका विवादका पक्षलाई मिलाउने काम मेलमिलाप कर्ताको रहेको बताउनुभयो । पुनतार्जगी तालिमले आगामी दिनमा काम गर्न सहज हुने बताउनुभयो ।

तीन दिन सम्म चल्ने तालिममा मेलमिलापका ७ चरण, ३ भाग, मेलमिलापकर्ताको अनुभव, भोगेका समस्याहरु र समस्या समाधानका लागि भएका प्रयासहरु, विवादमा पक्षहरुको अडान, मेलमिलापकर्ताको दायित्व र गुण , मेलमिलापकर्ता र उनीहरुको काम, सरोकारवालाहरुसंगको मेलमिलापकर्ताको समन्वय लगायतका बारेमा जानकारी गराईने प्रशिक्षक हिमाल डुगेंलले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य न्यायिक समिति सदस्य सचीव विनोद कुमार त्रिपाठीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सामाजिक सुरक्षा तथा पंजिकरण सेवा इकाई प्रमुख सागर रिजालले गर्नुभएको थियो ।


