प्यूठान । राष्ट्रिय युवा संघ नेपालको ३५ औं स्थापना दिवसको अवसरमा युवा संघ प्यूठानले रक्तदान गरेको छ । रक्त सञ्चार केन्द्र विजुवारमा आज रक्तदान कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।
रक्तदान कार्यक्रमसँगै संघले प्यूठान जिल्ला अस्पतालमा उपचाररत विपन्न परिवारलाई आर्थिक सहयोग समेत गरेको छ । ऐरावती गाउँपालिका–६ विजुलीकोटका १४ महिनाकी शिसु सीता अधिकारीलाई नगद १० हजार र झिमरुक गाउँपालिका–३ आहालखोला बस्ने ६१ वर्षीय फुर्सि सुनारलाई नगर ५ हजार रुपैंया आर्थिक सहयोग प्रदान गरेको संघका जिल्ला उपाध्यक्ष महेश पाण्डेले जानकारी दिनुभयो ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानका अध्यक्ष बिशेक थापाको अध्यक्षता, नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानका अध्यक्ष विजयविराज विष्टको प्रमुख आतिथ्यता र युवा संघका केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज पिमबहादुर पुनमगरको विशेष आतिथ्यता रहेको थियो ।