प्युठान,१ जेठ ।
ऐरावती गाउँपालिका वडा नं ५ मा लघुउद्यमीहरुलाई अचार बनाउने पुर्नताजगी तालिम संचालन भएको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्र्तगत लघुउद्यमीहरुलाई स्तरउन्नती गर्ने उदेश्यले आर्थिक वर्ष २०७९।०८० मा सिर्जना भएका लघुउद्यमीहरुलाई अचार बनाउने पुर्नताजगी तालिम संचालन गरिएको हो ।
ऐरावती गाउँपालिका वडा नं ५ का वडा सदस्य एवं कार्यपालिका सदस्य दुर्गा के.सी.को अध्यक्षता, ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहको प्रमुख आतिथ्यता, ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माको विशेष आतिथ्यतामा एक कार्यक्रमका बीच तालिम उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष शाहले लघुउद्यम सिर्जना गर्नका लागि पालिकाले सहयोग गर्दै आएको बताउनुभयो । लघुउद्यमीहरुले पालिका एवं राष्ट्रलाईनै टेवा पुग्ने गरि उद्यम व्यवसाय संचालन गर्नुपर्ने उहाँले बताउनुभयो । साथै आगामी दिनमा स्थानिय श्रोत साधनको समुचित प्रयोग गरी अर्गानिक उत्पादनमा बृद्धि गरी आयआर्जन गर्नका लागि ध्यान दिन समेत अध्यक्ष शाहले आग्रह गर्नुभयो । पालिकाले आगामी दिनमा पनि लघुउद्यमी सिर्जना गर्नका लागि आर्थिक एवं प्राविधिक सहयोग समेत गर्ने उहाँँको भनाई छ ।
आज देखि संचालन भएको तालिम ५ दिन सम्म चल्ने गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमका फोकल पर्सन विनोद कुमार त्रिपाठीले जानकारी दिनुभयो । तालिमको प्रशिक्षक चन्द्रावती थारु रहनुभएको छ ।
कार्यक्रम मार्फत यस आर्थिक वर्षमा नयाँ उद्यमी सिर्जना तर्फ वडा नं २ मा २५ जना लघुउद्यमीहरुलाई उद्यमशिलता तालिम सम्पन्न गरिएको समेत उहाँँले बताउनुभयो । साथै १३ जनालाई बुटिक तालिम, ८ जनालाई कुखुरा पालन तालिम र अन्यलाई खुद्रा पसलका लागि आवश्यक सामाग्रीहरु सहयोग गरिने समेत फोकल पर्सन त्रिपाठीले बताउनुभयो ।