प्युठान । नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा कार्यक्रम बडडाडा वडा नम्बर ४ मा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्ण ध्वज खड्का रहनु भएको थियो भने विशिष्ट अतिथि डा. भोज विक्रम बुढा रहनु भएको थियो।

सभामा पार्टीका नेता कृष्ण रायमाझी लगायत अन्य नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभालाई सम्बोधन गर्दै वक्ताहरूले पार्टीभित्रको एकता मजबुत बनाउनुपर्ने, जनताको पक्षमा दृढतापूर्वक उभिनुपर्ने तथा वर्तमान राजनीतिक अवस्थालाई जनमुखी ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।
सभामार्फत पार्टीको संगठन विस्तार, राजनीतिक चेतना अभिवृद्धि तथा एकताबद्ध संघर्षलाई अझ सशक्त बनाउने सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ।


