प्युठानको झिम्रुक गाउँपालिकामा राजनीतिक एकता र संगठन विस्तारलाई केन्द्रमा राख्दै आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
झकबहादुर जिसीको अध्यक्षता तथा झिम्रुक गाउँपालिका अध्यक्ष पीतबहादुर महतराको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमले स्थानीय राजनीतिक गतिविधिमा नयाँ उत्साह थपेको छ।
कार्यक्रमको सञ्चालन प्रेम पुनले गर्नुभएको थियो। कार्यक्रममा वक्ताहरूले वर्तमान राजनीतिक अवस्था, स्थानीय विकास, सुशासन र जनताको अपेक्षाबारे धारणा राख्दै एकता, सहकार्य र जिम्मेवार राजनीतिक अभ्यासको आवश्यकता औंल्याएका थिए।

कार्यक्रमकै क्रममा नेकपा एमाले, नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चा परित्याग गरी करिब दुई दर्जन नेता–कार्यकर्ताले पार्टी प्रवेश गरेका छन्।
नवप्रवेशीहरूलाई प्रमुख अतिथि तथा कार्यक्रम अध्यक्षले खादा–माला लगाएर स्वागत गर्दै पार्टीको नीति, सिद्धान्त र उद्देश्यअनुसार जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गर्नुभएको थियो।

कार्यक्रम शान्त, व्यवस्थित र उत्साहजनक वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।
स्थानीय तहमा राजनीतिक एकता मजबुत बनाउने, जनसरोकारका मुद्दालाई प्राथमिकतामा राख्ने र विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको बताइएको छ।


