प्युठान,२९ जेठ ।
प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कँदै गरेका तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका ४ भिङ्ग्रीकोटमा सडकबाट तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेर कारमा सवार सबै ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी सुवास खड्काले जानकारी दिनुभयो । मृत्यु हुनेमा लमही नगरपालिका ५ का कार चालक ताराबहादुर कुमाल, लमही ७ वस्ने वर्ष ४० को गोविन्द शाह, उनकी श्रीमती वर्ष ३० की राधा नेपाली र छोरा वर्ष ९ को आदित्य शाह रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तुल्सीपुर उपमहानगरपालिका १५ बस्ने वर्ष ३५ की सरिता शर्मा पोख्रेल, उनका छोरा वर्ष १४ का विशाल पोख्रेल, वर्ष ९ का विकास पोख्रेल र घोराही उप महानगर पलिका १५ को बर्स ११ को शिसिर सुबेदिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापाले जानकारी दिनुभयो।